१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

बाढी पीडितका लागि भारतले दियो तीन हजार टेन्ट र १० थान रबर बोट

काठमाडौँ — नेपालका बाढी तथा प्राकृतिक प्रकोप प्रभावित परिवारहरूका लागि भारतले राहत सामग्री हस्तान्तरण गरेको छ। भारतीय जनता र सरकारको तर्फबाट नेपालस्थित भारतीय राजदूतावासले शुक्रबार गृह मन्त्रालयलाई तीन हजार थान टेन्ट र १० थान रबर बोट हस्तान्तरण गरेको हो ।

बाढी पीडितका लागि भारतले दियो तीन हजार टेन्ट र १० थान रबर बोट

मन्त्रालयमा बिहान एक कार्यक्रमका बीच नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले गृहमन्त्री बालकृष्ण खाँणलाई राहत सामग्री हस्तान्तरण गरेका हुन्।

सो अवसरमा गृहमन्त्री खाँणले प्राकृतिक प्रकोप प्रभावितहरुलाई भारतीय जनता र भारत सरकारका तर्फबाट भएको सहयोगका लागि धन्यवाद व्यक्त गरे।

उनले नेपाल र भारतबीच जनस्तरसम्मै भएको सम्बन्ध अझै प्रगाढ बनाउन सरकार प्रतिबद्ध रहेको बताए। नेपाल बाढी, पहिरो, डुबानलगायतका प्राकृतिक प्रकोपमा पर्दा भारत सरकारबाट सहयोग भइरहेको उल्लेख गर्दै उनले आगामी दिनमा पनि सहयोग भइरहने विश्वास व्यक्त गरे।

कार्यक्रममा राजदूत श्रीवास्तवले मनसुनको सुरुवातमा राहत सामाग्री हस्तान्तरण गर्न पाएकोमा खुसी व्यक्त गरे। उनले प्राकृतिक प्रकोपबाट बच्न भारतले नेपाललाई सहयोग गर्दै आएको र यो सहयोगलाई आगामी दिनमा पनि निरन्तरता दिने बताए।

प्रकाशित : असार ३१, २०७९ १०:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?