कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

जसपाका संघीय परिषद् अध्यक्ष भट्टराईसहित ९ जना पदमुक्त

मधु शाही, भुषण यादव

काठमाडौँ, वीरगन्ज — जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षले संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईसहित ९ केन्द्रीय नेतालाई पदमुक्त गरेको छ । पार्टी विभाजनको लागि भूमिका खेलेको आरोप लगाउँदै वीरगन्जमा बसेको केन्द्रीय समिति बैठकले बिहीबार भट्टराई पक्षका नेतालाई कारबाहीसहित पदमुक्त गर्ने निर्णय गरेको हो ।

जसपाका संघीय परिषद् अध्यक्ष भट्टराईसहित ९ जना पदमुक्त

जसपा कार्यकारिणी सदस्य प्रकाश अधिकारीका अनुसार संघीय परिषद् अध्यक्ष भट्टराई, कार्यकारिणी सदस्यहरू महिन्द्र यादव, हिसिला यमी, गंगानारायण श्रेष्ठ, प्रशान्त सिंह, दुर्गा शोव, रमेश यादव, भक्तबहादुर साह र दानबहादुर चौधरी पदमुक्त भएका छन् ।

‘पार्टी विभाजनमा लागेका ९ जनालाई तत्काल पदमुक्त निर्णय पारित भएको छ,’ जसपाका केन्द्रीय सदस्य एवम् वन तथा वातावरण मन्त्री प्रदीप यादवले भने ।

भट्टराई पक्षको मंगलबार र बुधबार काठमाडौंमा बसेको विस्तारित बैठकले जसपाबाट अलग भएर नयाँ पार्टी गठन गर्ने निर्णय गरेको छ ।

प्रकाशित : असार ३०, २०७९ १९:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?