गठबन्धन गर्दा मेरो सिट सुरक्षित नभए विद्रोह गर्छु : बस्नेत

काठमाडौँ — नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री मोहनबहादुर बस्नेतले आगामी निर्वाचनमा गठबन्धन गर्न नहुने मत राखेका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा मंगलबार धारणा राख्दै बस्नेतले गठबन्धनले पार्टीको हित नगर्ने बताएका हुन् ।

गठबन्धन गर्दा मेरो सिट सुरक्षित नभए विद्रोह गर्छु : बस्नेत

उनले गठबन्धन पार्टीले गरेमा आफ्नो सिट सुरक्षित हुनुपर्ने नत्र विद्रोह गर्ने चेतावनीसमेत दिए । केन्द्रीय समितिमा बस्नेतले भने- 'गठबन्धन गर्नुस्, मेराे केही भन्नु छैन । मेराे गृह जिल्लामा खेल्ने प्रयास नहाेस् । यदी खेल्ने प्रयास भयाे भने विद्राेह गर्छु । अग्नि सापकाेटालाई छाड्नुभयाे भने म विद्राेहका लागि तयार छु ।'

नेता बस्नेत अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा सभामुख अग्निप्रसाद सापकोटासँग सिन्धुपाल्चोक १ मा पराजित भएका थिए । गठबन्धन गर्दा माओवादीको भागबाट सापकोटाले नै टिकट पाउने आकलन गर्दै बस्नेतले पार्टी नेतृत्वसमक्ष घुर्की लगाएका हुन् ।

कांग्रेस बैठकमा बोल्ने धेरै सदस्यहरुले भने गठबन्धन गरेरै निर्वाचनमा जानुपर्ने धारणा राखेका छन् ।

वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी, राष्ट्रिय जनमोर्चालगायत दलको साथबाट चुनाव लडेको कांग्रेसले सबैभन्दा बढी पालिकामा जित हात पारेको छ ।

प्रकाशित : असार २८, २०७९ १७:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?