कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

कोरोना संक्रमण दैनिक बढ्दै, २४ घण्टामा १७७ जना संक्रमित

काठमाडौँ — कोरोना भाइरसको संक्रमण दैनिक बढिरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको बुलेटिनमा ३ हजार १२६ जनामा गरिएको परीक्षणमध्ये मंगलबार १७७ जनामा संक्रमण देखिएको हो । असार २६ गते १२१ र असार २७ गते १६८ जनामा संक्रमण देखिएको थियो । सक्रिय संक्रमितको संख्या ८७३ जना रहेका छन् । 

कोरोना संक्रमण दैनिक बढ्दै, २४ घण्टामा १७७ जना संक्रमित

विगत २४ घण्टामा ४१ जना कोरोनाबाट निको भएर घर फर्किएका छन् । योसँगै निको हुनेको संख्या ९ लाख ६७ हजार ७६५ पुगेको छ । निको हुने दर ९८.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

संक्रमणबाट कसैको पनि निधन भएको छैन । शून्य संक्रमित भएका जिल्ला १४ रहेका छन् । अहिलेसम्म होम आइसोलेसनमा ८५३, संस्थागत आइसोलेसनमा २०, भेन्टिलेटरमा एक जना र सघन उपचार कक्ष (आइसीयू)मा ११ जनाको उपचार भइरहेको छ । यस्तै विगत २४ घण्टामा ६४ हजार ९०७ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् ।

प्रकाशित : असार २८, २०७९ १६:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?