कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बुढीगंगामा झडप : दुई जनाको टाउकोमा चोट

अर्जुन शाह

बाजुरा — बाजुराको बुढीगंगा नगरपालिकाको त्रिशक्ति मावि मतदानस्थलमा झडप भएपछि मतदान रोकिएको छ । फर्जी मत खसाएको विषयलाई लिएर दलका कार्यकर्ताहरुबीच विवाद भएपछि दोहोरो झडप भएको छ ।

एकीकृत समाजवादीका वडाध्यक्षका उम्मेदवार भरतबहादुर थापा र मतदाता सीता थापाको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ ।

झडपलाई साम्य पार्न प्रहरीले हवाई फायर र अश्रुग्यास प्रहार गरेको प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले बताए । अहिले मतदानस्थल सुरक्षाकर्मीको नियन्त्रणमै रहेको उनले बताए । मतदान पुन: सुरु गर्न प्रयास भइरहेको उनको भनाइ छ ।

मतदानस्थलमा नेपाली सेना, सशस्त्र प्रहरी, जनपथ प्रहरी र राष्ट्रिय अनुसन्धानसहितका गरी एक सयभन्दा बढीको संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको भए पनि उनीहरुको भूमिका भने प्रभावकारी नभएको भन्दै स्थानीय मतदाताले गुनासो गरेका छन् ।

यसअघि वैशाख ३० गतेको मतदानका क्रममा सुरक्षा व्यवस्था फितलो भएकाले निष्पक्ष र स्वतन्त्र मतदान हुन नसकेपछि निर्वाचन आयोगले पुन: मतदानको निर्णय गरेको थियो ।

बुढीगंगाको मेयरमा एमालेबाट रामबहादुर बाँनिया उम्मेदवार छन् भने कांग्रेसबाट रंगबहादुर खाती प्रमुख पदका उम्मेदवार छन् ।

प्रकाशित : असार २३, २०७९ १२:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?