कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

सांसदहरू हाजिर गरेर बाहिरिएपछि बैठक स्थगित

काठमाडौँ — प्रतिनिधिसभाको बुधबारको बैठकमा सामाजिक सुरक्षा सम्बन्धी विधेयकको प्रक्रिया अघि बढाउन एक चौथाइ सांसद पनि नभएपछि बैठक नै स्थगित भएको छ ।

सांसदहरू हाजिर गरेर बाहिरिएपछि बैठक स्थगित

राज्य व्यवस्था तथा सुशासन समितिले सभामा पेस गरेको सामाजिक सुरक्षा सम्बन्धी प्रतिवेदमा समावेश भएको संशोधन निर्णयार्थ पेस गर्दा एमाले सांसद झपट रावलले गणपुरकमा प्रश्न उठाएका थिए ।

सभामुख अग्निप्रसाद सापकोटाले ३ मिनेट घण्टी बजाएर बैठकमा सहभागी सांसदको संख्या यकिन गर्दा ६७ जना मात्रै भएपछि बैठक नै स्थगित गर्नु परेको हो ।

संविधानको धारा ९४ मा निर्णयार्थ पेस गर्दा ६९ जना सांसद हुनु पर्नेमा ६७ जना मात्रै भएकोले सभामुख सापकोटाले कार्यसूची नै अघि नबढाइ बैठक असार २३ बिहीबार २ बजेसम्मका लागि स्थगित गरे ।

यसअघि पनि बुधबारकै बैठकमा गणपुरक संख्या नपुग्दा स्थगित गरिएको थियो । औषधि (तेस्रो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई सभामुख अग्निप्रसाद सापकोटाले निर्णयार्थ प्रस्तुत गर्ने क्रममा कूल संख्याको एक तिहाइ पनि सांसदहरू उपस्थित नहुँदा प्रतिनिधसभा बैठक १५ मिनेटका लागि स्थगित गरिएको थियो ।

प्रकाशित : असार २२, २०७९ १९:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?