कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

एसियन प्यासिफिक र टिम किरण फाइनलमा

काठमाडौँ — एसियन प्यासिफक र टिम किरण ऋृत एसइइ कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको गर्ल्समा बुधबार फाइनलमा प्रवेश गरेका छन् । बसुन्धारास्थित आयोजक ऋृत एकेडेमीको कोर्टमा भएको सेमिफाइनलमा एसिया प्यासिफिकले बलर्स एकेडेमीलाई ६–४ ले पराजित गर्‍यो । अर्को सेमिफाइनलमा टिम किरणले हिमालयन गर्ल्सलाई ८–४ ले हरायो ।

एसियन प्यासिफिक र टिम किरण फाइनलमा

ब्वाइजमा आयोजक ऋृत, न्यु जेनिथ ‘बी’ र एन्जल्स हार्ट ‘ए’ सेमिफाइनलमा पुगे । ऋतले स्किब्सलाई ५–४, न्यु जेनिथ ‘बी’ ले एन्जल्स हार्ट ‘बी’ लाई ८–६ तथा एन्जल्स हार्ट ‘ए’ ले इन्साइट भिजन ‘बी’ लाई ६–५ ले पाखा लगाए ।

सेमिफाइनलमा ऋतको भेट न्यु जेनिथ ‘बी’ सँग हुनेछ । एन्जल्स हार्ट ‘ए’ ले इन्साइट भिजन ‘ए’ र न्यु जेनिथ ‘ए’ बीचको विजेतासँग खेल्नेछ । प्रतियोगिता बिहीबार हुनेछ ।

प्रकाशित : असार २२, २०७९ १८:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?