भिक्षु संघद्वारा श्रीलंकालाई अत्यावश्यक औषधि सहयोग

काठमाडौँ — अखिल नेपाल भिक्षु संघले आर्थिक संकटग्रस्त मुलुक श्रीलंकालाई अत्यावश्यक औषधि सहयोग गरेको छ । काठमाडौंस्थित श्रीलंकाको राजदूतावासका अनुसार अखिल नेपाल भिक्षु संघ र यसअन्तर्गत गठित ‘ह्यान्ड्स फर श्रीलंका’ समितिले श्रीलंकाको राजदूतावासलाई २५ लाख रुपैयाँभन्दा बढीको अत्यावश्यक औषधि दान गरेको हो ।

भिक्षु संघद्वारा श्रीलंकालाई अत्यावश्यक औषधि सहयोग

राजदूत हिमाली अरुणातिलकले उक्त परियोजनामा उदारतापूर्वक योगदान पुर्‍याउने नेपाली जनताप्रति कृतज्ञता व्यक्त गरिन् । उनले उक्त संघ र ‘ह्यान्ड फर श्रीलंका’का सबै सदस्यहरूलाई श्रीलंकाली जनतालाई आवश्यक औषधिहरू दान गर्न आयोजना गर्ने प्रतिबद्धता र प्रयासका लागि धन्यवाद पनि दिइन् ।

नेपालबाट श्रीलंकामा पठाइएको औषधिको यो दोस्रो खेप हो । अघिल्लो महिना एसियन फार्मास्युटिकल्स प्रालिले अहिले आर्थिक संकटमा रहेको मुलुकलाई सहयोग गरेको हो । औषधि ढुवानी श्रीलंका एयरलाइन्सले गर्नेछ ।

प्रकाशित : असार २२, २०७९ १७:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?