अर्थमन्त्री शर्माले भने- 'सीसीटीभीको क्षमता कति हुन्छ मलाई कसरी थाहा हुन्छ ?'

काठमाडौँ — बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिलाई मन्त्रालयमा प्रवेश गराएको भन्दै त्यसको सीसीटीभी फुटेज माग भइरहँदा अर्थमन्त्री जनार्दश शर्माले आफू त्यसबारे जानकार नभएको जिकिर गरेका छन् ।

अर्थमन्त्री शर्माले भने- 'सीसीटीभीको क्षमता कति हुन्छ मलाई कसरी थाहा हुन्छ ?'

बुधबार बसेको संसद्‍ बैठकमा अर्थमन्त्री शर्माले यस्तो प्रतिक्रिया दिएका हुन् । अर्थमन्त्री शर्माले सीसीटीभीबारे प्राविधिक जानकारी आफूलाई नभएको बताएका छन् ।

'हिजो समाचार आयो कुन सीसी टीभीको क्षमता कति हुन्छ म कसरी थाहा पाउँछु ? त्यो प्राविधिकले जान्ने कुरा होला । मैले कसरी त्यसको जवाफदेहिता लिने ?' अर्थमन्त्री शर्माले सोधेका थिए ।

यस्तै उनले छानबिन समितिले गर्ने काममा पूर्ण सहयोग गर्ने बताएका छन् । सीसीटीभीको क्षमता वा प्राविधिक जानकारी कुनै पनि मन्त्रीलाई नहुने भन्दै सीसिटीभी फुटेज डिलिट गरेको भन्दै उठेको प्रश्नमा छानबिन समितिले सत्यतथ्य पत्ता लगाउनेमा आशावादी रहेको बताएका थिए ।

यस्तै उनले यस्ता हजारौं छानबिनको लागि तयार रहेको पनि बताए । यसअघि प्रतिपक्षी दल नेकपा एमालेका सांसद्‍ योगेश भट्टराईले अर्थमन्त्रीको भाषण आफूहरू सुन्न तयार नरहेको भन्दै विरोध जनाएका थिए । सांसद भट्टराईले बोलेपछि एमालेका सांसदहरूले बैठक बहिस्कार गरेका थिए ।

यससँगै शर्माले पदबाट राजीनामा दिएका छन् ।

प्रकाशित : असार २२, २०७९ १६:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?