कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

न्युयोर्कमा सुरु भयो ‘हाई लेभल पोलिटिकल फोरम’

काठमाडौँ — संयुक्त राष्ट्र संघ (यूएन) को मुख्यालयमा ‘हाई लेभल पोलिटिकल फोरम–२०२२’ को मंगलबार सुरुआत भएको छ । उक्त फोरममा नेपालको तर्फबाट न्युयोर्कस्थित संयुक्त राष्ट्र संघका लागि नेपालका स्थायी प्रतिनिधि प्रमुख अमृतकुमार राईले सम्बोधन गरेका थिए ।

न्युयोर्कमा सुरु भयो ‘हाई लेभल पोलिटिकल फोरम’

राईले उक्त अवसरमा सन् २०३० को दिगो विकासको एजेन्डाको कार्यान्व्यनलाई तीव्रता दिन सबै तहमा बृहत्तर सहकार्य र साझेदारीको आवश्यकता रहेको बताएका थिए । उनले थप दिगो, लचिलो र समावेशी पुन:स्थापना हासिल गर्नु पर्ने पनि औंल्याए ।

उक्त फोरममा कोभिड–१९ को महामारीले पारेको प्रभाव र त्यसपछि अघि बढ्ने विषयमा छलफल हुने छ । साथै, दिगो विकास लक्ष्य–२०३० प्राप्तिको सवालमा पनि छलफल हुनेछन् ।

यसअघि असार १७ मा ‘ग्लोब रोड सेफ्टी’ बारे नेपालको तर्फबाट आफ्नो धारणा राख्दै उपसचिव प्रथमा उप्रेतीले सबै ठाउँमा सबैका लागि सडक सुरक्षित राख्नुले बलियो साझेदारी, राजनीतिक प्रतिबद्धता र सामूहिक कार्यको प्रतिबद्धता गर्ने बताइन् ।

उनले नेपाल सन् २०३० सम्ममा सडक सुरक्षासम्बन्धी दिगो विकास लक्ष्यहरू हासिल गर्ने लक्ष्यका साथ सर्वाङ्गीण प्रयास गर्न प्रतिबद्ध रहेको बताइन् ।

प्रकाशित : असार २२, २०७९ १४:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?