१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

माओवादीको केन्द्रीय समिति बैठक बिहीबारसम्मका लागि स्थगित

काठमाडौँ — माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बिहीबारसम्मका लागि स्थगित भएको छ । सोमबार बसेर स्थगित गरिएको बैठक बुधबार दिउँसो १ बजेका लागि तय गरिएको थियो । 

माओवादीको केन्द्रीय समिति बैठक बिहीबारसम्मका लागि स्थगित

माओवादी अध्यक्ष पुष्पकमल दाहालका स्वकीय सचिव रमेश मल्लले केन्द्रीय समिति बैठक स्थगित गरिएको जानकारी दिए । 'नेतृत्वको टिम संसद् बैठकमा सहभागी बन्नुपर्ने भएकोले आज १ बजे निर्धारण गरिएको केन्द्रीय समितिको बैठक भोलि २०७९ असार २३ गते बिहीबार बिहान ११ बजे बस्ने भएको छ,' मल्लले जानकारी दिए ।

केन्द्रीय समिति जारी बैठकमा पदाधिकारीसहित विभिन्न विभागमा पूर्णता दिनका लागि नेतृत्वसँग माग गरिएको छ । केही दिनमै माओवादीले महासचिवसहित विभिन्न पदाधिकारी टुंगो लगाउने पनि बताएको छ ।

प्रकाशित : असार २२, २०७९ १३:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?