३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

विश्वकर्मा, संग्रौला र नेपालीलाई भगत सर्वजित पुरस्कार

काठमाडौँ — यसवर्षको भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कारबाट विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने तीन व्यक्तित्व पुरस्कृत हुने भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मंगलबार भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार, ०७८ बाट कञ्चनपुरका लालबहादुर विश्वकर्मा, लेखक खगेन्द्र संग्रौला र जुम्लाका गोविन्द नेपालीलाई प्रदान गर्ने निर्णय गरेको हो ।

मन्त्रालयका अनुसार दलित मुक्ति आन्दोलनको क्षेत्र तथा राजनीतिक सामाजिक, शैक्षिक र सांस्कृतिक क्षेत्रतर्फ लालबहादुर विश्वकर्मा (कञ्चनपुर), समाज सुधार अभियान र राजनीतिक, सामाजिक शैक्षिक र सांस्कृतिक क्षेत्रतर्फ लेखक खगेन्द्र संग्रौला (काठमाडौं) र सीप, कला, शिक्षा, साहित्य र अनुसन्धानतर्फ गोविन्द नेपाल (जुम्ला)लाई पुरस्कृत गर्न लागिएको हो ।

मंगलबार मन्त्रीस्तरको निर्णयले पुरस्कार प्रदान गर्न लागिएको मन्त्रालयका सहसचिव टोकराज पाण्डेले जानकारी दिए ।

प्रकाशित : असार २१, २०७९ २१:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?