माओवादीको केन्द्रीय समितिको बैठक स्थगित
काठमाडौँ — नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक स्थगित भएको छ ।
मंगलबार हुने भनिएको बैठक बुधबार एक बजे हुने केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले जानकारी दिए ।आज हुने भनिएको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले जवाफ दिने बताइएको थियो । अध्यक्ष दाहालका स्वकीय सचिव रमेश मल्लले आवश्यक गृहकार्य नपुगेकाले आजको बैठक स्थगित गरिएको बताएका छन् ।
आइतबारदेखि सुरु भएको माओवादीको केन्द्रीय समितिको बैठक काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा चलिरहेको हो ।
प्रकाशित : असार २१, २०७९ १०:३९प्रतिक्रिया