नेपाली कांग्रेसको पदाधिकारी बैठक सानेपामा बस्दै, सभापति देउवा नजाने

काठमाडौँ — नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिका पदाधिकारीको बैठक बस्दैछ । पार्टीका भ्रातृ सं‌स्थाको विधानबारे छलफल गर्न मंगलबार दिउँसो १ बजेका लागि पदाधिकारी बैठक बोलाइएको सहमहामन्त्री जीवन परियारले बताए । तर, बैठकमा सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा भने जाने छैनन् ।

नेपाली कांग्रेसको पदाधिकारी बैठक सानेपामा बस्दै, सभापति देउवा नजाने

मुख्यसचिव कृष्णप्रसाद पौडेलले प्रधानमन्त्री देउवा कार्यव्यस्तताका कारण बैठकमा उपस्थित नहुने र बैठक सञ्चालन उपसभापति पुर्णबहादुर खड्काले गर्ने जानकारी दिए । दुई महिनादेखि कांग्रेसमा औपचारिक छलफल र बैठक बसेको छैन । शेखर कोइराला पक्षका पदाधिकारीहरुले सभापति देउवाले पार्टीमा छलफल गर्नै नचाहेको आरोप लगाउन थालेका छन् ।

सभापति देउवाले असार २७ गतेका लागि केन्द्रीय कार्यसमितिको बैठक बोलाएका छन् । बैठकअघि बैठकको तयारीका विषयमा छलफल गर्न पदाधिकारीहरुको बैठक बस्न लागेको सहमहामन्त्री परियारले बताए । 'गतवर्ष नै भ्रातृ संस्थाहरुको विधानलाई एकरुपता दिने उपसमिति बनेको थियो । त्यो समितिले प्रतिवेदन दिएको छ । त्यसमाथि छलफल गरेर ती भ्रातृ स‌ंस्थाको विधानलाई अन्तिम रुप दिनुपर्नेछ, आजको पदाधिकारी बैठक त्यसैका लागि हो,' उनले भने ।

कांग्रेसमा सभापतिसहित १४ पदाधिकारी रहने व्यवस्था छ। तर, कोषाध्यक्ष भने मनोनित हुन बाँकी छ। कोषाध्यक्ष पार्टी सभापतिले मनोनित गर्ने व्यवस्था छ।

प्रकाशित : असार २१, २०७९ ०९:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?