२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

गृहमन्त्री खाँण र भारतीय राजदूत श्रीवास्तवबीच शिष्टाचार भेट

काठमाडौँ — गृहमन्त्री बालकृष्ण खाणसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गरेका छन् । राजदूत नियुक्त भएर नेपाल आएपछि श्रीवास्तवले गृहमन्त्री खाणसँग पहिलो पटक भेटघाट गरेका हुन् ।

गृहमन्त्री खाँण र भारतीय राजदूत श्रीवास्तवबीच शिष्टाचार भेट

गृह मन्त्रालयमा सोमबार बिहान भएको भेटमा दुई देशबीचको आपसी सम्बन्ध थप सुदृढ र प्रगाढ बनाउनेबारेमा कुराकानी भएको थियो ।

भेटमा गृहमन्त्री खाँणले नेपाल सरकार र भारत सरकारबीच भएको सम्झौता अनुरुप कृषि रासायनिक मल छिटो उपलब्ध गराउनका लागि सहजीकरण गरिदिन आग्रह गरेका थिए । जवाफमा राजदूत श्रीवास्तवले आफूले पहलकदमी लिने बताएका थिए ।

भेटमा गृहमन्त्री खाँणले श्रीवास्तवलाई सफल कार्यकालका लागि शुभकामना दिएका थिए ।

प्रकाशित : असार २०, २०७९ ११:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?