देउवा र यादवबीच बालुवाटारमा छलफल


काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ । आइतबार साँझ देउवालाई भेट्न यादव प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् । उनीहरुबीच जसपाका मन्त्रीहरु फेरबदलको विषयमा छलफल भइरहेको बालुवाटार स्रोतले जनाएको छ ।


यसअघि नेकपा एकीकृत समाजवादीले आफ्ना मन्त्रीहरु हेरफेर गरेको थियो ।
प्रकाशित : असार १९, २०७९ १९:२७