एमालेद्वारा विभागीय सचिवहरु मनोनयन, प्रचारमा गगन विष्ट


काठमाडौँ — नेकपा एमालेले आफ्नो विभिन्न विभागहरुको सचिवहरु मनोनयन गरेको छ । एमाले केन्द्रीय सचिवालयको आइतबार भएको बैठकले प्रचार तथा प्रकाशनको सचिवमा गगन विष्ट, संगठन विभागमा सम्झना देवकोटा, परराष्ट्र मामिलाको सचिवमा अञ्जान शाक्यलाई मनोनयन गरेको हो ।


त्यसैगरी केही नया विभागहरु गठन गर्ने निर्णय समेत गरेको प्रचार विभागका प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिएका उनका अनुसार भौतिक पूर्वाधार तथा यातायात व्यवस्था विभाग, वन तथा वातावरण विभाग र अर्थ तथा योजना विभाग गठन गर्ने निर्णय गरेको बताए ।
विभागका सचिवहरु
वित्त तथा कोष व्यवस्थापन - भीष्म अधिकारी
संगठन विभाग - सम्झना देवकोटा
उपभोक्ता हित संरक्षण - मोहिनी खनाल
श्रम तथा रोजागार - जनक चौधरी
संसदीय विभाग - सूर्य पाठक
सामाजिक सेवा - नेत्रप्रसाद तिम्सिना
सांस्कृतिक - राजेश थापा
स्थानीय तह विकास - हर्क राई
प्रचार तथा प्रशासन - गगन विष्ट
परराष्ट्र मामिला - अञ्जान शाक्य
संघीय मामिला तथा सामान्य प्रशासन - शिव गुरुङ
उर्जा तथा जलस्रोत - पुष्पज्योति ढुंगाना
अर्थ तथा योजना - योगेन्द्र शाही
कानुन - डिल्लीराम मैनाली
प्रकाशित : असार १९, २०७९ १८:३४