कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

प्रहरीले शान्ति सुरक्षामा प्राप्त गर्ने सफलता सरकारको सफलता हो : गृहमन्त्री

काठमाडौँ — गृहमन्त्री बालकृष्ण खाँणले नेपाल प्रहरीले शान्ति सुरक्षा स्थापित गर्न प्राप्त गर्ने सफलता नै नेपाल सरकारको सफलता हुने बताएका छन् । 

प्रहरीले शान्ति सुरक्षामा प्राप्त गर्ने सफलता सरकारको सफलता हो : गृहमन्त्री

नेपाल प्रहरीका नायब प्रहरी महानिरीक्षक पदमा पदोन्नति भएका १७ जनालाई गृह मन्त्रालयमा बधाइ र निर्देशन दिँदै गृहमन्त्री खाँणले नयाँ जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नेमा आफू विश्वस्त रहेको बताए ।

‘प्रहरीको उच्च ओहदामा पुग्नुभएकोमा नेपाल सरकार र गृह मन्त्रालयका तर्फबाट हार्दिक बधाइ,’ गृहमनत्री खाँणले भने, ‘नयाँ जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नुहुनेछ भन्ने विश्वास हामीले लिएका छौँ ।’

प्रहरी अधिकृतहरूले सरकारले उपलब्ध गराएको सीमित स्रोत साधन उपयोग गरेर उत्कृष्ट जिम्मेवारी पूरा गर्नुपर्ने उनको भनाइ थियो । गृहमन्त्री खाँणले अहिले प्रहरी नायब महानिरीक्षक भएकाहरू नौ महिनापछि महानिरीक्षक बन्ने भएकाले राम्रो कार्यसम्पादन गर्दै आफूलाई अब्बल अधिकृत बनाउने कोसिस गर्न पनि निर्देशन दिएका थिए ।

यस्तै नेपाल प्रहरीमा महिलाहरू नेतृत्व तहमा पुग्नुपर्छ भन्ने चाहना सरकारले राखेको पनि उनले बताएका थिए । अहिले प्रहरी नायब महानिरीक्षकमा बढुवा भएका १७ जनामध्ये चार जना महिला छन् । किरण बज्राचार्य, मिरा चौधरी, दुर्गा सिंह र किरण राणा प्रहरी नायब महानिरीक्षकमा बढुवा भएका हुन् ।

यसअघि असार ८ गते नायब प्रहरी महानिरीक्षकमा बढुवा सिफारिस भएका १७ जना प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहबाट प्रहरी प्रधान कार्यालयमा दर्ज्यानी चिन्हबाट सुशोभित भएका थिए ।

प्रकाशित : असार १९, २०७९ १७:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?