दाहालको प्रतिवेदन

समाजवादी मोर्चा निर्माणको प्रस्ताव

कांग्रेससँग गठबन्धनमा जोड  

काठमाडौँ — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले समाजवादी कार्यदिशा भएका पार्टी, शक्ति र व्यक्तिहरुको मोर्चा निर्माण गर्ने प्रस्ताव गरेका छन् । आइतबारबाट सुरु भएको पार्टीको केन्द्रीय समितिको बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रतिवदेनमा अध्यक्ष दाहालले संविधानको रक्षा, शान्ति प्रक्रियाको पूर्णता र संघीयतासहितको लोकतन्त्रमा सहमत शक्तिसँग गठबन्धन गर्ने नीति लिने उल्लेख छ।

समाजवादी मोर्चा निर्माणको प्रस्ताव

'समाजवादी कार्यदिशा अबलम्बन गर्ने पार्टी, शक्ति र व्यक्तित्वहरुको तत्कालको मोर्चा निर्माण आजको आवश्यकता हो' प्रतिवेदनमा भनिएको छ, 'समाजवादी मोर्चामार्फत नेपाली विशेषतासहितको समाजवाद, त्यसको कार्यनीतिक श्रृङ्खला, क्रान्तिकारी शक्ति निर्माण जस्ता विषयमा खुला छलफल र बहस गरिनुपर्छ ।'

प्रतिवेदनमा स्थानीय तह चुनावको समीक्षा गर्दै कांग्रेस गठबन्धनप्रति इमान्दार र गम्भीर नभएको टिप्पणी गरेपनि एमालेसँग गठबन्धनको संभावनालाई पनि नकारेको छ । प्रतिवेदनको मोर्चा तथा गठबन्धनको निर्माण शीर्षकमा भनिएको छ - केपी शर्मा ओली प्रवृत्तिको दक्षिणपन्थी धारलाई कमजोर पार्ने, संविधान र आन्दोलनको उपलब्धीलाई खोस्न उद्दत प्रतिगामी प्रवृत्तिलाई पराजित गर्नेछ । नेकपा हुँदै दाहाल र ओलीबीच उत्पन्न भएको अन्तर विरोधले पार्टी विभाजन भएको थियो । नेकपा विभाजन भएसँगै माओवादी, कांग्रेस, जनता समाजवादी पार्टीसहितका दलहरु एमालेविरुद्ध गठबन्धनमा रहेका छन् ।

'क्रान्तिकारी धारको निर्माण गर्दै तत्काल प्रतिगामी र दक्षिणपन्थी शक्तिका विरुद्ध तत्कालीक जिम्मेवारी संविधानको रक्षा, शान्ति प्रक्रियाको पूर्णता एवं संघीयतासहितको लोकतन्त्रमा सहमत शक्तिसँग गठबन्धनको नीति अख्तियार गरिने छ,' प्रतिवदेनमा भनिएको छ ।

प्रकाशित : असार १९, २०७९ १७:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?