१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

प्रधानमन्त्रीको अमेरिका भ्रमण अपेक्षित : परराष्ट्र मन्त्रालय

काठमाडौँ — परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण अपेक्षित भएको जनाएको छ । आइतबार मन्त्रलयमा नियमित पत्रकार सम्मेलन गर्दै मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले भ्रमण बारे नेपाल सरकारको औपचारिक धारणा स्पष्ट पारेकी हुन् ।

प्रधानमन्त्रीको अमेरिका भ्रमण अपेक्षित : परराष्ट्र मन्त्रालय

प्रवक्ता लम्सालले भनिन्, ‘भ्रमणको कुरा चलिरहेको छ । यो भ्रमण अपेक्षित छ ।’

भ्रमणका लागि विभिन्न चरणमा गृहकार्य गर्नुपर्ने भएकाले मिति तय हुन समय लाग्ने पनि उनले बताइन् । उनले उपयुक्त समयमा यसबारे थप जानकारी दिने प्रष्ट पारिन् ।

यस्तै नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा अमेरिका भ्रमण गरी आजै नेपाल फर्किँदै छन् ।

प्रकाशित : असार १९, २०७९ १४:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?