१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

युवा संघद्वारा राहदानी विभाग घेराउ [तस्बिरहरू]

काठमाडौँ — राहदानी वितरणलाई सहज बनाउनु पर्ने लगायत माग गर्दै नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले आइतबार त्रिपुरेश्वरस्थित राहदानी विभाग घेराउ गरेको छ ।

युवा संघद्वारा राहदानी विभाग घेराउ [तस्बिरहरू]

अध्यक्ष किरण पौडेलको नेतृत्वमा युवा संघका कार्यकर्ताहरूले कार्यालय घेराउ गरेका हुन् । उनीहरूले कार्यालय अगाडि प्रदर्शन गर्नुका साथै अहिले देखिएको समस्या समाधानका लागि ज्ञापनपत्र पनि बुझाएका छन्।


पौडेलले पासपोर्ट वितरणमा भइरहेको ढिलासुस्तीको विषयमा विभागको ध्यानाकर्षणका लागि घेराउ गरिएको बताए । लाग्ने जति दस्तुर बुझाएर पनि सेवाग्राहीले पासपोर्ट प्राप्त गर्नका लागि धेरै सास्ती बेहोर्दै आएको भन्दै पौडेलले विभागले त्यस्तो अवस्था हटाउनु पर्ने बताए ।





प्रकाशित : असार १९, २०७९ १५:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?