एकीकृत समाजवादीका अध्यक्ष नेपालसँग भारतीय राजदूत श्रीवास्तवको भेट

काठमाडौँ — नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भारतीय नवनियुक्त राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गरेका छन् । अध्यक्ष नेपाललाई भेट्न राजदूत श्रीवास्तव शनिबार बेलुकी उनको निजी निवास कोटेश्वरमा पुगेका हुन् । 

एकीकृत समाजवादीका अध्यक्ष नेपालसँग भारतीय राजदूत श्रीवास्तवको भेट

नेपालले राजदूत श्रीवास्तवलाई स्वागत गर्दै सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेको जनाएका छन् । त्यस्तै नेपाल भारत-सम्बन्ध र अहिले समाजमा भोगिरहेका समस्याका विविध विषयमा कुराकानी भएको अध्यक्ष नेपालले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।

प्रकाशित : असार १८, २०७९ १९:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?