१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

गठबन्धन सरकारले देशमा राजनीतिक अस्थिरता पैदा गर्‍यो : कमल थापा

काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले गठबन्धन सरकारले देशमा राजनीतिक अस्थिरता पैदा गरेको आरोप लगाएका छन् ।

गठबन्धन सरकारले देशमा राजनीतिक अस्थिरता पैदा गर्‍यो : कमल थापा

शनिबार काठमाडौंमा आयोजित उपत्यकास्तरीय संगठनहरूको भेलालाई सम्बोधन गर्दै अध्यक्ष थापाले यस्तो बताएका हुन् । उनले सर्वोच्चको परामादेशबाट गठन भएको गठबन्धन सरकारले देशमा राजनीतिक अस्थिरता पैदा गरेको बताए ।

अध्यक्ष थापाले पार्टीहरूको स्वार्थ पूर्तिको लागि ६/६ महिनामा पार्टी परिवर्तन गर्ने अस्थिरताको सिर्जना काम भइरहेको बताए । साथै अस्थिरताको विकृति हटाउन पनि नेपालमा जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था हुनुपर्ने उनले माग गरेका थिए ।

‘सरकारले स्थायित्वको अनुभूति दिन सकेको छैन । सरकार गठन भएयता देशमा राजनीतिक स्थिरताको अनुभूति जनताले गर्न सकेका छैनन् । रातदिन झगडा छ । पार्टीहरूको स्वार्थ पूर्तिको निमित्त ६/६ महिनामा पार्टी परिवर्तन गर्ने अस्थिरताको सिर्जना अहिले भइरहेको छ । यो विकृतिको अन्त्यका निमित्त राप्रपा नेपालले यस्तो खालको संसदीय व्यवस्था उपयुक्त हुँदैन भनेर जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुने व्यवस्था हुनुपर्छ भनेको छ । मन्त्री हुन सांसद नै हुनुपर्छ भन्ने हुँदैन । दुइपटक भन्दा बढी एउटै व्यक्ति प्रधानमन्त्री हुन नपाउने व्यवस्था गर्नुपर्छ ।’

नेता थापाले प्रमुख दलहरूलाई केन्द्रित गर्दै व्यापारी र विदेशीबाट उठाएको पैसाले चुनाव लड्ने प्रवृतिको अन्त्य हुनुपर्ने पनि बताएका थिए ।

प्रकाशित : असार १८, २०७९ १७:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?