१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

वाग्मतीमा मुख्यमन्त्री परिवर्तन गठबन्धनको निर्णयपछि मात्रै : अध्यक्ष नेपाल

काठमाडौँ — नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ गठनबन्धनको निर्णय नहुन्जेल वाग्मती प्रदेशका मुख्यमन्त्री परिवर्तन नहुने बताएका छन् । काठमाडौंमा भएको एकीकृत समाजवादीको वाग्मती प्रदेश संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले गठबन्धनको निर्णयअनुसार अहिलेको संघीय र सबै प्रदेशको सरकारको निर्माण भएको भन्दै नेतृत्व परिवर्तन गर्नु परे गठबन्धनको बैठकबाट हुने बताए । 

वाग्मतीमा मुख्यमन्त्री परिवर्तन गठबन्धनको निर्णयपछि मात्रै : अध्यक्ष नेपाल

'गठबन्धनको निर्णयअनुसार संघ र सबै प्रदेशमा सरकार बनाएको हो । गठबन्धनले बनाएको सरकार हो गठबन्धनले मुख्यमन्त्री हट्नु पर्छ भनेर निर्णय गरेको छैन । त्यसैले अहिले छाड्नु पर्दैन । गठबन्धनबाट निर्णय भयो भने छाड्ने कुरामा हामी प्रतिबद्ध छौं,' नेपाललाई उद्धृत गर्दै सांसद लक्ष्मण लम्सालले बताए ।

नेपाली कांग्रेस तथा नेकपा माओवादी केन्द्रले भने पूर्वलिखित सहमतिअनुसार वाग्मती प्रदेशको नेतृत्व कांग्रेसले पाउनु पर्ने बताएका छन् । उनीहरुले पूर्व सहमतिअनुसार कांग्रेस संसदीय दलका नेता इन्द्र बानियाँलाई मुख्यमन्त्री बनाउनुपर्ने बताएका छन् ।

सहमति कार्यान्वयनका लागि दुवै दलका सांसदहरुले हस्ताक्षर संकलनसमेत गरेका छन् । तर एकीकृत समाजवादी उपाध्यक्ष तथा मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले भने प्रदेश सरकार गठनसहितको विषयमा केन्द्रले निर्णय गरेको भन्दै त्यसैअनुसार गर्नुपर्ने बताउँदै आएका छन् ।

प्रकाशित : असार १८, २०७९ १६:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?