चुनावी सहकार्यबारे छलफल गर्दै लोसपा कार्यकारिणी बैठक

काठमाडौँ — लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले अन्य राजनीतिक दलहरूसँग सहकार्य गर्नेबारे केन्द्रीय कार्यसमितिमा छलफल गरिरहेको छ । आगामी निर्वाचनमा कुन पार्टीसँग सहकार्य गर्ने, विधान संशोधनलगायत विषयमा शनिबार दिउँसो लोसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बसिरहेको हो । 

चुनावी सहकार्यबारे छलफल गर्दै लोसपा कार्यकारिणी बैठक

केन्द्रीय कार्यकारिणी सदस्य केशव झाका अनुसार लोसपाले पार्टीका कुन समितिमा कति सदस्य रहने भन्ने संख्या पनि निर्धारण गर्नेछ । 'आजको केन्द्रीय कार्यकारिणी समितिको बैठकमा विधान संशोधन, कार्यकारिणी समिति र अन्य समितिको संख्या निर्धारण, अन्य राजनीतिक दलहरूसँगको सहकार्यबारे छलफल हुने एजेन्डा छन्,' उनले भने, 'बाढी, पहिरो, मूल्यवृद्धि, किसानका लागि मल र बिउविजन उपलब्ध नभएकोबारे पनि छलफल हुनेछ ।'

लोसपाले आगामी प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा कुन राजनीतिक दलसँग सहकार्य गर्ने भन्नेबारे पनि छलफल गर्न लागेको झाले जानकारी दिए । उनले कुन दलसँग चुनावी गठबन्धन गर्ने भन्ने यकिन नभएको र कार्यकारिणीमा छलफल हुने बताए ।

प्रकाशित : असार १८, २०७९ १४:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?