१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

मेलम्चीमा आकस्मिक बाढीको सम्भावना, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

काठमाडौँ — अविरल वर्षाका कारण सिन्धुपाल्चोकको मेलम्ची नदीमा आकस्मिक बाढी आउन सक्ने भन्दै बाढी पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ ।

मेलम्चीमा आकस्मिक बाढीको सम्भावना, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

सिन्धुपाल्चोकको गुम्थाङ, धाप, नकोटेलगायतका धेरै स्थानमा भारी वर्षा भइरहेका कारण तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको हो । नकोटेस्ठित बाढी मापन केन्द्रमा मेलम्ची नदीको जलसतह १.५ मिटरले बढेको महाशाखाले जनाएको छ । त्यस्तै भिरालो जमिन र भूकम्पका कारण पहिरोको जोखिम रहेका क्षेत्रमा पनि सतर्कता अपनाउन महाशादाले स्थानीय बासिन्दालाई आग्रह गरेको छ ।

हाल देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १, वाग्मती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शनिबार दिउँसो भने देशभर आंशिकदेखि सामान्य बदली रहने मौसमविद्ले बताएका छन् । देशका पहाडी भू-भागका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका तराई क्षेत्रका केहि स्थानमा हल्का वर्षाको सम्भावना छ ।

शनिबार राति भने देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली र अन्य भू-भागमा आंशिक बदलीदेखि मौसम समान्यतया: सफा रहने महाशाखाको अनुमान छ । प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सूदुरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम र अन्य भू-भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित : असार १८, २०७९ ०७:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?