१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

पहिरोले घर पुरिँदा पाँचथरमा ३ जना बेपत्ता

लक्ष्मी गौतम

पाँचथर — अविरल वर्षापछि माथिबाट खसेको पहिरोले घर पुरिँदा पाँचथरको फालेलुङ गाउँपाकिा–७ मा ३ जना बेपत्ता भएका छन् ।

पहिरोले घर पुरिँदा पाँचथरमा ३ जना बेपत्ता

शुक्रबार राति १० बजेतिर बिहिदिन बजारनजिकै रहेको दलबहादुर मगरको घर पहिरोले पुर्दा तीन जना बेपत्ता भएको पाँचथरका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले जानकारी दिए ।

उनका अनुसार पहिरोमा दलबहादुरका ४२ वर्षीय छोरा दलप्रसाद, ३८ वर्षीया बुहारी गोमा र १९ वर्षीया भतिजी एलिसा मगर बेपत्ता भएका छन् । दलबहादुरलाई भने स्थानीयले तत्कालै उद्धार गरेका थिए ।

स्थानीय बासिन्दा, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले बेपत्ताहरूको खोजी गरिरहेको पनि न्यौपानेले जानकारी दिए ।

प्रकाशित : असार १८, २०७९ ०६:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?