कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

बढी सामाजिक सुरक्षा भत्ता बाँड्दा राष्ट्रले धान्नै नसक्ने अवस्था आउन सक्छ : सिलवाल

'भत्ता दिएर अल्छी बनाएर राख्ने कि आर्जन गर्नका लागि राज्यले प्रेरित गर्ने'

काठमाडौँ — नेकपा (एमाले) का सांसद नवराज सिलवालले लोकप्रियताका लागि बढी सामाजिक सुरक्षा भत्ता बाँड्दा राष्ट्रले धान्न नसक्ने अवस्था सक्ने बताएका छन् ।

बढी सामाजिक सुरक्षा भत्ता बाँड्दा राष्ट्रले धान्नै नसक्ने अवस्था आउन सक्छ : सिलवाल

शुक्रबार प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘सामाजिक सुरक्षा ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफल’मा सांसद सिलवालले श्रम गर्नसक्ने एकल महिलाहरुलाई भत्ता दिनुभन्दा आयआर्जनका काममा लाग्न राज्यले प्रेरित गर्नुपर्ने बताए ।

कुनै श्रममा तथा आयआर्जनमा नजोडिएका एकल महिलालाई मात्र भत्ता दिनुपर्ने उनको धारणा थियो । ‘जो सक्षम छ । जो एकल छ, ऊ कमाउँछ । श्रम गर्नसक्छ । पढेको छ । उसलाई भत्ता दिएर अल्छी बनाएर राख्ने कि आर्जन गर्नका लागि, अवसरको लागि पनि प्रेरित गर्ने राज्यले । सक्षम, योग्य छ भने उसले भत्तामा बस्ने होइन कि काम गर्न थाल्ने । त्यस्ता खालकामहिलाहरु अन्य कुनै श्रमको, आयआर्जन सँग नजोडिएको अवस्थाको भनेर लेखौँ ,’उनले भने ।

प्रकाशित : असार १७, २०७९ १७:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?