प्रेम सुवाल भन्छन् : धनीको सूची प्रकाशित गरौँ

काठमाडौँ — नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले राज्यले धेरै धन, सम्पत्ति हुने मान्छेहरुको नाम सार्वजनिक गर्नुपर्ने बताएका छन् ।

प्रेम सुवाल भन्छन् : धनीको सूची प्रकाशित गरौँ

शुक्रबार प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘सामाजिक सुरक्षा ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफल’मा सांसद सुवालले धनी मान्छेहरुको नाम प्रतिष्ठित व्यक्तिको नाममा सूची बनाएर सार्वजनिक गर्नुपर्ने बताएका हुन् ।

‘राज्यले धनी मान्छेहरुको नाम प्रतिष्ठा र इज्जतको हो भनेर सार्वजनिक गराउनुपर्छ केही सम्पत्तिलाई । जसको धेरै सम्पत्ति छ, धेरै प्रतिष्ठित मान्छे हो तपाईंहरु भनेर सम्पत्ति सार्वजनिक गराउनुपर्‍यो । धनीको सूची प्रकाशित गरौँ । भत्तासँगै उमेर भएका मान्छेहरुलाई सीपमूलक रोजगारी दिउँ,’ उनले भने ।

उमेर भएका मान्छेहरुलाई सामाजिक सुरक्षा भत्ता सँगसँगै सीपमूलक तालिम दिएर स्वरोजगार बनाउनुपर्ने पनि बताए ।

प्रकाशित : असार १७, २०७९ १७:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?