१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

न्यायपालिकामा विसंगति छन्, शुद्धीकरण गरेर लैजान सक्छौँ : कामु प्रधानन्यायाधीश कार्की

काठमाडौँ — सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले न्यायालय कामै गर्न नसक्ने अवस्थामा पुगेको भनेर हुने चर्चा गलत भएको बताएका छन् । उनले न्यायपालिकामा देखिएका समस्याहरूको निदानका लागि सबैले पहल गरेर न्यायलयलाई शुद्धीकरण गरेर अघि बढ्न सकिने अवस्थामै रहेको बताए ।

न्यायपालिकामा विसंगति छन्, शुद्धीकरण गरेर लैजान सक्छौँ : कामु प्रधानन्यायाधीश कार्की

नेपाल ल क्याम्पसको स्थापना दिवस समारोहमा बोल्दै कायममुकायम प्रधानन्यायाधीश कार्कीले न्यायलय सुधारका लागि कानुनका विद्यार्थीहरूलाई नैतिकताको विषयमा पनि अध्यापन गराउनुपर्ने बताए ।

‘न्यायपालिकामा समस्या छ, अब न्यायालयले कामै गर्न सक्दैन भन्ने कुरा आइरहेको छ । तर, वास्तवमा त्यस्तो होइन । न्यायालय कामै गर्न नसक्ने अवस्थामा पुगेको भन्ने होइन, उनले भने, ‘न्यायपालिकामा पक्कै पनि विसंगतिहरू छन्, तर हामी त्यसलाई सच्याएर अघि बढ्न तयार हुनुपर्दछ । हामी सबैको होस्टेमा हैसे भएमा हामीले न्यायालयलाई शुद्धीकरण गरेर लैजान सक्छौँ ।’

उनले काुननको प्राध्यापनका लागि अलग्गै विश्वविद्यालय स्थापना गर्नुपर्ने आवश्यकता रहेको बताए । ‘न्यायालय सुधारका लागि विश्वविद्यालयको पनि भूमिका हुन्छ । हामीले कानुनका विद्यार्थीलाई नैतिकताको विषयमा पनि अध्यापन गराउनु राम्रो हुन्छ । यस्तो विषयलाई पाठ्यक्रममा पनि समावेश गर्नुपर्छ कि भन्ने लागेको छ,’ उनले भने, ‘विकृति र विसंगतिको निदानका लागि हामी सबै एकताबद्ध भएर अघि बढ्यौ भने हामीले समाधान गर्न सक्छौँ । यसका लागि म सबैलाई आह्वान गर्दछु ।’

प्रकाशित : असार १७, २०७९ १३:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?