कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

कोइराला समूहको बैठक : सरकारका कामबारे समीक्षा हुँदै

काठमाडौँ — नेपाली कांग्रेसको कोइराला समूहको बैठक शुक्रबार पनि बस्दैछ । बत्तीसपुतलीस्थित एक होटलमा बिहीबार सुरु भएको बैठक शुक्रबार दिउँसो २ बजेपछि पुनः बस्न लागेको हो । बिहीबार नेता शेखर कोइरालाले छलफलका विषयहरू प्रस्तुत गरेपछि नेताहरूले धारणा राख्नेक्रम सुरू भएको छ ।

कोइराला समूहको बैठक : सरकारका कामबारे समीक्षा हुँदै

शुक्रबार थप केन्द्रीय सदस्यहरू र पदाधिकारीहरूले बोल्ने पालो छ । बैठकमा पार्टीको १४ औँ महाधिवेशनपछिका ६ महिना र पार्टी नेतृत्वको सरकारका काम कारबाहीबारे समीक्षा चलिरहेको छ भने स्थानीय चुनावको परिणाम र आसन्न निर्वाचनमा गठबन्धनको मोडेलबारे छलफल भइरहेको नेता भुपेन्द्रजङ्ग शाहीले जानकारी दिए ।

बैठकमा बिहीबार केन्द्रीय सदस्य प्रतिमा गौतम, नेताहरू मनोजमणि आचार्य, प्रतिमा गौतम, सुवास पोखरेल, डिल्ली सुवेदी, युवराज पाण्डे र मुक्तकुमारी यादवलगायतले धारणा राखेका थिए ।

प्रकाशित : असार १७, २०७९ १२:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?