कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

भारतीय राजदूत श्रीवास्तवले बुझाए राष्ट्रपति भण्डारीसमक्ष ओहदाको प्रमाणपत्र

काठमाडौँ — नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आफ्नो ओहदाको प्रमाणपत्र पेस गरेका छन् ।

भारतीय राजदूत श्रीवास्तवले बुझाए राष्ट्रपति भण्डारीसमक्ष ओहदाको प्रमाणपत्र

ओहदाको प्रमाणपत्र पेस गरेपछि राजदूत श्रीवास्तवले बिहीबारै बालुवाटार पुगेर प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गरे । उनले भारतका राष्ट्रपति रामनाथ कोविन्द र प्रधानमन्त्री नरेन्द्र मोदीले पठाएका शुभकामना सन्देश सुनाएको भारतीय दूतावासले जनाएको छ ।

राजदूत श्रीवास्तवले हालै भएको प्रधानमन्त्री देउवाको भारत भ्रमण र प्रधानमन्त्री मोदीको नेपाल भ्रमणले दुई देशबीचको द्विपक्षीय सम्बन्धमा नयाँ गति प्रदान गरेको उल्लेख गरेको दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । साथै, उनले दुई देशबीचको मैत्री सम्बन्धलाई अघि बढाउने प्रतिबद्धता पनि व्यक्त गरे ।

श्रीवास्तव नेपालका लागि भारतका २६ औं राजदूत हुन् । पूर्वराजदूत विनय मोहन क्वात्रा विदेश सचिवको कार्यभार सम्हाल्न २०२२ अप्रिलमा दिल्ली गएपछि श्रीवास्तव नयाँ राजदूतका रूपमा नियुक्त भएका हुन् ।

प्रकाशित : असार १६, २०७९ २०:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?