१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

प्रधानमन्त्रीलाई कोइरालाको प्रश्न : अर्बौं चलखेलका आरोपित अर्थमन्त्रीलाई किन कारबाही नगरेको ?

काठमाडौँ — नेपाली कांग्रेसका नेता शेखर कोइरालाले मुलुकको अर्थ व्यवस्था चौपट हुँदा पनि प्रधानमन्त्रीले ठोस कदम नचाल्नु दु:खद भएको बताएका छन् । उनले अर्थ मन्त्रालयमा भएको अर्बौँको चलखेल र लेनदेनबाट मन्त्री आरोपित हुँदा समेत प्रधानमन्त्री शेरबहादुर देउवाले कारबाही नगरेको भन्दै प्रश्न उठाएका छन् । 

प्रधानमन्त्रीलाई कोइरालाको प्रश्न : अर्बौं चलखेलका आरोपित अर्थमन्त्रीलाई किन कारबाही नगरेको ?

'अर्थ मन्त्रालयमा भएको अर्बौंको चलखेल र लेनदेनबाट मन्त्री आरोपित छन । प्रधानमन्त्रीले किन कारबाही नगरेको ? के स्वार्थ छ ?,' बिहीबार काठमाडौंमा आफूनिकट नेताहरुसँगको छलफलमा कोइरालाले भनेका छन् ।

नेता कोइरालाले प्रधानमन्त्री देउवाले राष्ट्रहित र आम नागरिकको हितलाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताएका छन् । उनले निर्वाचनको मुखमा हुने यस्ता जघन्य आर्थिक विचलनले मुलुकलाई बर्बाद गर्ने र ब्यबस नै दाउमा पर्ने धारणा राखे । 'राष्ट्रहित र आम नागरिकको हितभन्दा कांग्रेस पार्टी र सभापति देउवा वा अरु कसैको किमार्थ हित हुनुहुँदैन । तर चुनाव अगाडि भएका यस्ता जघन्य आर्थिक विचलनले मुलुकलाई बर्बाद मात्र गर्दैन, व्यवस्था नै नागरिकको कठघरामा उभिन्छ,' नेता कोइरालाले भने ।

उनले पार्टीको सरकार भएको बेला राम्रो काम गर्ने पार्टीको रूपमा जनतामाझ चिनिएर पार्टी राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा विस्तार हुनुपर्ने आफूहरूको चाहना भएको बताए ।

'अहिले हामी सबैले माथि उठेर यतिखेर देशको चिन्ताजनक अवस्था छ भनी बुझ्नुपर्छ । बीपीले भन्नुहुन्थ्यो, 'देश रहे न हामी रहन्छौँ राजनीति गर्छौं,' राष्ट्रको यो संकटपूर्ण घडीमा जनताले हामीबाट आशा र भरोसा गरेका छन् । हाम्रा अगाडिका कदमहरू ती जनताको भरोसा र विश्वास अनुकुल कसरी गर्ने ? हामी यसमा केन्द्रित हुनु आवश्यक छ,' उनले भनेका छन् ।

प्रकाशित : असार १६, २०७९ २०:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?