कोइरालाको ब्रिफिङ : कम्युनिस्ट फुटे पनि कांग्रेसका लागि कुनै क्षेत्र सुरक्षित छैन- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोइरालाको ब्रिफिङ : कम्युनिस्ट फुटे पनि कांग्रेसका लागि कुनै क्षेत्र सुरक्षित छैन

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली कांग्रेसका नेता शेखर कोइरालाले कम्युनिस्ट पार्टीहरू फुटे पनि कुनै पनि निर्वाचन क्षेत्र कांग्रेसका लागि सुरक्षित रहेको अनुभूति गर्ने अवस्था नरहेको बताएका छन् । काठमाडौंमा बिहीबार आफूपक्षीय पार्टीका पदाधिकारी र केन्द्रीय सदस्यहरुको बैठकमा नेता कोइरालाले यस्तो बिफ्रिङ गरेका हुन् ।

उनले ०७४ को निर्वाचनमा सबै कम्युनिस्टहरू एक हुँदा र अहिले विभाजित हुँदाको अवस्थामा पार्टीको संगठन र प्रभावमा कुनै फरक नरहेको बताए ।

'आज कम्युनिस्ट विभाजित अवस्थामा छन् । तर कुनै पनि निर्वाचन क्षेत्र कांग्रेसका लागि सुरक्षित छैन भन्ने जस्तो अवस्था छ,' बैठकमा कोइरालाले भनेका थिए ।

यो पनि :

सरकार नै माओवादीले चलाएको भन्ने सन्देश प्रवाह भएको छ : कोइराला

कोइराला समूहले भन्यो : पार्टी विधानसम्मत चल्न सकेन

प्रकाशित : असार १६, २०७९ २०:०५
प्रतिक्रिया
पठाउनुहोस्

स्रोत नखुलेको दस लाख रुपैयाँसहित दुई जना पक्राउ

सुवास विडारी

मकवानपुर — मकवानपुर प्रहरीले विशेष सूचनाको आधारमा स्रोत नखुलेको दशलाख रुपैयाँभन्दा बढी रकमसहित दुईजनालाई पक्राउ गरेको छ । 

इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले मनहरी गाँउपालिका–९, खराङगास्थित कल्पना घलानको घरको कोठामा राखेको मधेस प्रदेश ०३–०२३ प ३१७२ नम्बरको मोटरसाइकलमा लुकाएर राखेको अवस्थामा भारतीय र नेपाली गरी १० लाख ३५ हजार २४० रुपैयाँसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।

मोटरसाइकल चालक कैलाश गाउँपालिका–१ का ५३ वर्षीय सानुकान्छा योञ्जनले लुकाएर ल्याएको भारतीय १ लख ९८ हजार नौसय रुपैयाँ र नेपाली ७ लाख १७ हजार रुपैयाँ प्रहरीले बरामद गरेको छ ।

प्रहरीका अनुसार योञ्जन लागूऔषध अफिम १३ किलो १२० ग्राम र चरेश २६ ग्राममुद्दाका फरार प्रतिबादीसमेत रहेको प्रहरीले जनाएको छ । प्रहरीले अनुसन्धानका लागि योञ्जन र घरधनी कल्पना घलानलाइ नियन्त्रणमा लिएको जनाएको छ ।

प्रकाशित : असार १६, २०७९ १९:५१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×