१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

सरकार नै माओवादीले चलाएको भन्ने सन्देश प्रवाह भएको छ : कोइराला

काठमाडौँ — नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सरकारको नेतृत्वमा कांग्रेस भएपनि माओवादीले चलाएको सरकार भन्ने सन्देश प्रवाह भएको बताएका छन् । काठमाडौंमा बिहीबार आफूपक्षीय नेताहरूसँगको छलफलमा नेता कोइरालाले कांग्रेसको नेतृत्वमा सरकार सन्चालन भएको नौ भइसकेको भए पनि कांग्रेसजन र नागरिकको तहमा त्यसको आभाष हुन नसकेको बताए ।

सरकार नै माओवादीले चलाएको भन्ने सन्देश प्रवाह भएको छ : कोइराला

'अहिलेको सरकारको नेतृत्वमा पार्टीको सभापति हुनुहुन्छ । तर सरकारको नेतृत्वमा भएको अनुभूति आफ्नै पार्टीका कार्यकर्ताले गर्न पाएको अवस्था छैन,' बैठकमा सम्बोधन गर्दै नेता कोइरालाले भनेका छन्, 'यो माओवादीले चलाएको सरकार भन्ने सन्देश प्रवाह भएको छ ।'

नेता कोइरालाले सरकारमा पाँच दलीय गठबन्धन भएपनि नेपथ्यमा कम्युनिस्ट एकताको कुरा जोडतोडले उठिरहेको र त्यसप्रति सजग हुनुपर्ने बताए ।

उनले पार्टी विधानअनुसार चल्न नसकेको बताए । 'देउवाजी सानो गुटको घेरामा हुनुहुन्छ । उहाँले पार्टीलाई विधानअनुसार चलाउन सक्नुभएको छैन । सरकार र पार्टीको परफरमेन्सले कार्यकर्ता र आमनागरिक असन्तुष्ट छन्,' उनले भनेका छन् ।

नेता कोइरालाले पार्टीका भ्रातृ संस्थामा नेतृत्व चयन गर्दा सभापतिले कसैसँग परामर्श नगरेको बताए ।

प्रकाशित : असार १६, २०७९ १९:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?