२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९०

किसानले लगाए मधेसको कृषि मन्त्रालयमा ताला

काठमाडौँ — मधेस प्रदेशको कृषि मन्त्रालयमा किसानहरुको तालाबन्दी भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा किसानहरूले ताला लगाएका छन् । 

किसानले लगाए मधेसको कृषि मन्त्रालयमा ताला

बिहीबार किसानहरुले विभिन्न पाँच बुँदाको माग गर्दै मन्त्रालयको लेखा तथा खाद्य सुरक्षा महाशाखामा ताला लगाएर भर्नासमेत बसेका छन् ।

किसानहरूले अदालतको आदेशअनुसार शीतभण्डार निर्माणको रकम भुक्तानी हुनुपर्ने, किसानलाई समयमा पर्याप्त मल, खाद्य, बीउ उपलब्ध गराउनुपर्ने, मन्त्रालयको अनुदान सेवा, सुविधा र विभिन्न योजनाहरू एकरूपता गरी किसानहरूको हक हीत सुनिश्चितता हुनुपर्ने, विभिन्न कारणले बालीहरूमा भएको क्षतिको क्षतिपूर्ति दिनुपर्ने मागसहित धर्नामा बसेका छन् ।

जनता समाजवादी पार्टी, नेपालका प्रदेश उपाध्यक्ष शेषनारायण यादवले आफूहरूको माग सम्बोधन नभए कडा आन्दोलन गर्ने चेतावनी दिए । त्यस्तै मधेस प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयकी सचिव डा. नम्रता सिंहले फाइल तथा अदालतको आदेशको अध्ययन गरिरहेको भन्दै सबै प्रक्रिया पूरा गरेर किसानलाई भुक्तानी दिने बताइन् ।

धनुषा जिल्लाको लक्ष्मीनिया गाउँपालिकाको वडा नम्बर ३ मा जनहित कृषक समूहका किसानहरूको चिस्यान केन्द्रमा करिव अढाई करोडको लगानी गरेको तीन वर्ष हुँदा पनि भुक्तानी नपाउँदा समस्या परेका छन् ।

त्यस्तै, सर्लाही जिल्लाको बरहथवा नगरपालिकामा निर्माणाधीन अवस्थामा भएको चिस्यान घरको निर्माणमा अढाई करोड खर्च भएपनि मन्त्रालयले भुक्तानी दिन नमानेपछि त्यहाँका किसानहरू पनि समस्यामा परेको किसानहरुको गुनासो छ ।

प्रकाशित : असार १६, २०७९ १९:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुख्खा मौसम सुरुभएसँगै डढेलो र आगलागी घटना व्यापक बढेका छन् । वर्षेनी हुने यस्ता घटनाबाट धेरै क्षति हुन नदिन के गर्नुपर्छ ?