कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

अस्पतालका कर्मचारी बोकेको बस सडकबाट खस्दा ४० घाइते

नगेन्द्र अधिकारी

काभ्रे — अपांग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्रका कर्मचारी बोकेको बस सडक डिलबाट खस्दा ४० जना घाइते भएका छन् । 

अस्पतालका कर्मचारी बोकेको बस सडकबाट खस्दा ४० घाइते

कर्मचारी बोकेर निस्केको बनेपा-१० स्थित अस्पतालको बा१ज ५७४७ नम्बरको मिनिबस बाइकलाई साइड दिने क्रममा सडकको डिल भासिएपछि खसेको जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक राजेश सिलवालले जानकारी दिए।

अस्पतालबाट निस्केको केही समयमा नै बस दुर्घटनामा परेको थियो । घाइतेको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : असार १६, २०७९ १८:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?