१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

नागरिकता विधेयक पारित गर्न एमाले सकारात्मक छ : कानुनमन्त्री

काठमाडौँ — कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द्रप्रसाद शर्मा कोइरालाले संसद्को चालू अधिवेशनमै नागरिकता ऐन सम्बन्धि विधेयक पारित हुने बताएका छन् । 

नागरिकता विधेयक पारित गर्न एमाले सकारात्मक छ : कानुनमन्त्री

प्रमुख प्रतिपक्ष दल एमालेसमेत नागरिकता विधेयक पारित गर्न सकारात्मक रहेको उल्लेख गर्दै मन्त्री कोइरालाले चालू अधिवेशनभित्रै पारित हुने बताएका हुन् ।

६४औं संसद् दिवसको अवसर पारेर बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नागरिकता ऐनसम्बन्धी विधेयकमा धेरै विवाद रहेकाले त्यसलाई विवादरहित बनाउन सरकारले गृहकार्य गरिरहेको बताए । राज्य व्यवस्था समितिमा समेत सो विधेयकमा देखिएका विवाद निरुपण नभएको भन्दै मन्त्री कोइरालाले त्यसमा साझा बनाएर बनाएर अघि बढ्न सरकार लागि परेको बताए ।

‘नागरिकता ऐन अहिले सरकारको र प्रमुख प्रतिपक्षको पनि प्रमुख सरोकार र सबै दलहरुको पनि प्रमुख सरोकारको विषय हो । केवल सरकारको मात्रै होइन । यसलाई जसरी पनि यही अधिवेशनमा ब्रेक थ्रू गर्ने गर्ने कुरालाई चाहिँ सरकारले गरिरहेको छ र यसमा प्रमुख प्रतिपक्षी एकदमै सकारात्मक हुनुहुन्छ । म उहाँहरुको त्यो सकारात्मक कुरालाई एप्रिसिएट गर्न चाहन्छु । राज्य व्यवस्था समितिमा गएर पनि विवादसहितको डकुमेन्ट आएको छ । सिटिजनसिपजस्तो विषयमा हामीले विवाद गर्नु हुँदैन । त्यसैले साझा धारणा बनाएर यसलाई अघि बढाऔं भन्ने विषयमा सरकार छ र त्यसमा प्रमुख प्रतिपक्षसहितका अरु साथीहरु धेरै सकारात्मक हुनुहुन्छ । यो चाँडै आउँछ,’ उनले भने ।

मन्त्री कोइरालाले संसद्लाई प्रभावकारी बनाउन सांसदहरुले योगदान दिन नसकेको भन्दै असन्तुष्टिसमेत व्यक्त गरे । सांसदहरुको उपस्थिति नै नभइदिँदा कानुन निर्माणमा ढिलाइ भएको पनि उनको भनाइ थियो ।

प्रकाशित : असार १६, २०७९ १५:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?