३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

त्रिभुवन विमानस्थलको सर्भर डाउन हुँदा चार उडान प्रभावित

कम्तीमा आधा घन्टा उडान डिले, यात्रुलाई सास्ती
सुरज कुँवर

काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको सफ्टवेयर डाउन (बिग्रिँदा) हुँदा चार वटा अन्तर्राष्ट्रिय उडानका कम्तीमा ५ सय यात्रु प्रभावित भएका छन् । 

त्रिभुवन विमानस्थलको सर्भर डाउन हुँदा चार उडान प्रभावित

अध्यायन प्रमुख पुष्प शाहीका अनुसार बुधबार दिउँसो ३ बजेर ५१ मिनेटमा अध्यागनको सर्भर बिग्रिएको थियो । सर्भर बिग्रिएपछि विदेश जाने र फर्किने यात्रुलाई अध्यागन कार्यालय सेवा दिन सकेन ।

‘गृह मन्त्रालयमा रहने जीआइडीसी नामको सर्भरले काम नगर्दा चारवटा अन्तर्राष्ट्रिय वायुसेवाका कम्तीमा ५ सय यात्रुलाई समयमै पासपोर्टमा छाप लगाउने, भिषा दिने, जरिवाना तिराउने लगायत राहदानीसँग सम्बन्धित सेवा समयमै दिन सकिएन,’ अध्यागमन प्रमुख शाहीले भने, ‘करिब डेढ घन्टापछि साझ साढे ५ बजेमात्रै सर्भर बन्यो ।’

विमानस्थलमा अध्यागनको सर्भर बिग्रिएको यो तेस्रोपटक हो । विमानस्थल प्रमुख प्रेम नाथ ठाकुरले सर्भर बिग्रिएका कारण सोलबाट आएको कोरियन एयर, दिल्लीबाट आएका भारतीय वायुसेवा भिस्तारा, इन्डिगो र नेपाल वायुसेवाका यात्रुले सास्ती बेहोर्नु परेको बताए ।

सर्भर नचल्दा यी जहाज कम्तीमा आधा घन्टादेखि १ घन्टासम्म ढिलो उडेका थिए भने विदेशबाट आएका यात्रुले तीन घन्टासम्म विमानस्थलमै कुर्नुपरेको एक विदेशी वायुसेवाका स्टेशन म्यानेजरले बताए । ‘यो समस्यबारे हामीले गृहमन्त्री बालकृष्ण खाँण, गृहसचिवलाई पनि थुप्रैपटक जानकारी गराइसक्यौं तर यस्मा कसैले चासो नै दिएको देखिएन,’ एक अर्का वायुसेवाका प्रतिनिधिले भने, ‘अध्यागन कार्यालयको यो सर्भरको भन्दा पनि अरु नै केही समस्या भएकाले बारम्बार वायुसेवाले यात्रुको गाली सुन्नु परिरहेको छ ।’

प्रकाशित : असार १५, २०७९ २१:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?