कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सरकारले देशव्यापी बजार अनुगमन गर्छ : उद्योगमन्त्री बडू

काठमाडौँ — उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले महँगी नियन्त्रणका लागि सरकारले देशव्यापी बजार अनुगमन गर्ने बताएका छन् । 

सरकारले देशव्यापी बजार अनुगमन गर्छ : उद्योगमन्त्री बडू

बुधबार वाणिज्य मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री बडूले महँगी नियन्त्रणका लागि देशव्यापी बजार अनुगमन गर्न लागेको बताएका हुन् ।

उनले सरकारले संघ, प्रदेश, जिल्ला प्रशासन र स्थानीय तहका सबै संयन्त्र परिचालन गरेर बजार अनुगमन प्रभावकारी बनाउने बताए ।

मन्त्री बडूले इन्धनको मूल्य एक्कासी बढेपछि खाद्यान्न, औषधि र सेवामा गरिएको मूल्यवृद्धि घटाउन र उपभोक्तालाई राहत दिन देशभर एकैसाथ एउटै समयमा अनुगमन गर्ने तयारी गरेको बताए ।

उनले देशव्यापी बजार अनुगमन गर्न र मूल्य नियन्त्रणका लागि अनुगमन तथा निरीक्षण अधिकृत तोक्न जिल्ला प्रसासन र स्थानीय तहलाई पत्राचार गरिसकिएको पनि जानकारी दिए । इन्धनको मूल्य उच्च रुपमा बढ्दै गएपछि बजार मूल्य नियन्त्रण गर्न सरकार प्रतिवद्ध रहेको मन्त्री बडूले बताएका थिए ।

‘सरकारले बजार अनुगमनको विधि परिवर्तन गर्नुपर्छ । जनताले अनुभूति हुने गरी प्रभावकारी भयो भने घट्न जरुरी हुन्छ । त्यो स्थिति सरकारले निर्माण गर्नुपर्छ । मन्त्रालयको अनुगमन निकाय, अन्य मन्त्रालयका निकाय, सात वटै प्रदेशका निकाय, निर्देशनालयहरू र ७७ वटै जिल्लाका जिल्ला अनुगमन अधिकारीहरू, प्रहरी तथा ७५३ वटै स्थानीय तहमा पनि अनुगमन अधिकार तोक्न निर्देशन दिएका छौं । यी सबै निकायमा एकसाथ एकै समयमा अनुगमन गर्नुपर्छ । सरकारले बजार अनुगमनको संयुक्त र एकीकृत रुपमा गर्छ,' मन्त्री बडूले भने ।

प्रकाशित : असार १५, २०७९ १८:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?