पाटनको तारा काष्ठमूर्ति सिकागोमा 

काठमाडौँ — पाटन दरबार क्षेत्रनजिकै रहेको राजश्री महाविहारका नामले चिनिने इबाबहीबाट चोरिएको पुरातात्विक तारा काष्ठमूर्ति अमेरिकाको सिकागोमा फेला परेको छ ।

पाटनको तारा काष्ठमूर्ति सिकागोमा 

कला–सम्पदाको खोजबिन तथा पहिचानमा सक्रिय अभियानमा संलग्न ‘लस्ट आर्टस् अफ नेपाल’का अनुसार सिकागोको आर्ट इन्सिटच्युटमा फेला परेको देवी ताराको यो काष्ठमूर्ति सम्पदा १६औं शताब्दीमा निर्माण भएको मानिएको छ ।

यसअघि पशुपति मन्दिर परिसरबाट हराएको लिच्छविकालीन चर्तुमुखी शिवलिङ्ग पनि आर्ट इन्स्टिच्युट अफ सिकागोमै फेला परेको थियो । चर्तुमुखी शिवलिङ्ग सम्पदालाई म्युजियममा उपहारका रूपमा अमेरिकी अर्बपति जेम्स डब्लु एल्सडर्फ दम्पतीले बुझाएका थिए ।

प्रकाशित : असार १५, २०७९ १४:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?