कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

जाजरकोट आसपास भएर बग्ने नदीका तटीय क्षेत्रमा बाढीको जोखिम

काठमाडौँ — मनसुन थप सक्रिय भएसँगै मंगलबार साँझदेखि देशको अधिकांश भू-भागहरुमा मध्यम देखि भारी वर्षा भइरहेको छ।

जाजरकोट आसपास भएर बग्ने नदीका तटीय क्षेत्रमा बाढीको जोखिम

विशेष गरी गण्डकी प्रदेश, लुम्बिनी प्रदेशको साथै कर्णाली प्रदेशका केही जिल्ला र सुदूरपश्चिम प्रदेशको तराईका जिल्लाहरुका केही स्थानहरुमा भारी वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

यसैबीच जाजरकोट र आसपासको क्षेत्रहरूमा पछिल्लो ३ घण्टामा भारी वर्षा मापन भएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । सो क्षेत्र भई बहने साना नदीहरूमा बाढीको जोखिम भएकाले तटीय क्षेत्रमा र पहिरोग्रस्त क्षेत्रमा रहेका स्थानीयलाई दिउँसोसम्म उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

प्रकाशित : असार १५, २०७९ ०८:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?