२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

नारायणगढ-मुग्लिन र पृथ्वीराजमार्गकाे मुग्लिन-कुरिनटार सडकमा एकतर्फी यातायात सञ्चालन

रमेशकुमार पौडेल

चितवन — पहिराेका कारण नारायणगढ-मुग्लिन सडक र पृथ्वीराजमार्गकाे मुग्लिन-कुरिनटार सडक खण्डमा बुधबार बिहानदेखि एकतर्फी यातायात सञ्चालन भएका छन् ।

नारायणगढ मुग्लिन सडककाे चार किलाे र टाेपे खाेलामा पहिराे गएपछि एकतर्फी रुपमा सवारी सञ्चालन भएका हुन् । त्यस्तै पृथ्वीराजमार्गकाे मुग्लिन नजिकै नाग्दी खाेला र घाेप्टेभीरमा पनि पहिराे खसेकाे चितवन जिल्ला प्रहरी कार्यालयका डीएसपी रविन विष्टले जानकारी दिए । यी ठाउँहरूमा एकतर्फी यातायात चलेकाे उनले बताए ।

यी सडक खण्ड राजधानी काठमाडाैंलाई देशकाे पूर्वी र पश्चिम भेगसँग जाेड्ने मुख्य सडक हुन् । दिनमै १० हजारभन्दा बढी गाडी यी सडक हुँदै ओहरदाेहोर गर्दछन् । वर्षा भइरहँदा सजग भएर यात्रा गर्न र तछाडमछाड नगरी लेनअनुसार गाडी चलाउन प्रहरीले अपिल गरेकाे छ ।

प्रकाशित : असार १५, २०७९ ०८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?