१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

पार्टी उद्घाटन हुँदा नेपाल नै चकित हुन्छ : वामदेव गौतम

काठमाडौँ — राष्ट्रिय सभा सदस्य एवं पूर्व उपप्रधानमन्त्री वामदेव गौतमले नेपालमा कम्युनिस्ट आन्दोलन नै धराशायी बन्दै गएको बताएका छन् । मंगलबार काठमाडौंमा नेकपा राष्ट्रिय एकता अभियान पार्टीको घोषणा गर्दै यस्तो बताएका हुन् ।

पार्टी उद्घाटन हुँदा नेपाल नै चकित हुन्छ : वामदेव गौतम

आफूले जग हालेको र आन्दोलन सुरु गरेको कम्युनिस्ट पार्टी नै आज धराशायी बनेकोले क्म्युनिस्ट एकताका लागि नै आफूले पार्टी घोषणा गरेको उनको भनाइ थियो । आफूले आज घोषणा गरेको पार्टी उद्घाटनताका नेपाल नै चकित हुने दाबी गर्नुभयो । उनले आफू हालसम्म गएका पार्टीहरु सुदृढ र राम्रो बनेको दाबी गर्दै उद्घाटनका बेला हजारौँ मानिस आफ्नो साथमा हुने विश्वास व्यक्त गरे ।

सदस्य गौतमले पार्टीमा नातेदारहरुलाई राखेको भन्नेमा कुनै सत्यता नरहेको पनि बताए । कुनैपनि मानिस केमा लाग्ने भन्ने कुरा स्वतन्त्र रहेकोले पार्टीमा परिवारका सदस्य रहे पनि पार्टी नै कम्युनिस्ट आन्दोलन र एकतालाई सफल पार्नका लागि बनेको उनको भनाइ छ । आफू कुनै पदमा रहनका लागि पार्टी नखोलेको पनि उनले बताए । गौतमले आफूले जग हालेको पार्टीबाट नै ठूला नेताहरु पैदा भएको दाबी गर्दै अहिले पनि कुनै कम्पनी खोलेर आफ्नो लाभ पूरा गर्न नलागेको बताए ।

‘मैले आज पार्टीको जुन शिलान्यास गरेको छु, उद्घाटन गर्ने बेलामा नेपाल चकित हुनेछ । लाखौँ व्यक्तिहरु यो पार्टीको वरपर गोलबन्दी हुनेछन् । म जुन पार्टीमा जान्छु त्यो पार्टी त्यस्तै हुन्छ । विगतमा पनि त्यस्तै भएको थियो,’ उनले भने ।

गौतमले अब पनि कम्युनिस्ट एकताबद्ध नहुने हो भने आगामी निर्वाचनमा कांग्रेसले बहुमत प्राप्त गर्ने दाबी गरे । आगामी ५ वर्ष कांग्रेसले गठबन्धन गरेर अघि बढे पनि त्यसपछिका दिनमा कांग्रेसलाई कुनै गठबन्धनको आवश्यक्ता नपर्ने अवस्था बन्दै गएको उनको भनाइ छ ।

‘अब केही समयपछि प्रतिनिधि र प्रदेशसभाको निर्वाचन हुँदैछ, यदि एकता वा कार्यगत एकता कम्युनिस्टहरूले गर्न सकेनन् भने वा त बहुमत नै प्राप्त गर्नेछ नेपाली कांग्रेसले गठबन्धनबाट, नभए पनि सबैभन्दा ठूलो पार्टीको रूपमा प्रतिनिधि सभा र प्रदेश सभामा स्थापित हुनेछ । ५ वर्षसम्म नेपाली कांग्रेसको मातहतमा सबै रहनेछ र दोस्रो निर्वाचनमा नेपाली कांग्रेसलाई गठबन्धनको आवश्यक्ता पर्नेछैन,’ उनले भने ।

प्रकाशित : असार १४, २०७९ १८:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?