कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ — सडक निर्माणमा अनियमितता गरेको आरोपमा रुपन्देहीको ओमसतिया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा

ओमसतिया गाउँपालिका वडा नम्बर ४ मटेरिया गाउँको मुख्य सडक निर्माण गर्दा गुणस्तरहीन काम गरेको आरोपमा अख्तियारले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजु नेपाल, इन्जिनियर लवकुश चाई र सब इन्जिनियर सन्तोष भुसाल तथा सडक निर्माण उपभोक्ता समिति अध्यक्ष गजतराज यादव र सचिव धर्मराज खरविन्दविरुद्ध बिगो, कैद र जरिवाना तथा अनियमितता भएको रकम आरोपितबाट भराउनु पर्ने मागदाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अख्तियारका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीका अनुसार सडकको पीसीसी निर्माण गर्दा गुणस्तरहिन काम गरेको, लागत अनुमान अनुसार सडकको ढलानमा मोटाइ कायम नगरिएको, नापी किताब र बिलमा एउटा विवरण राखेर फिल्डमा अर्कै काम गरेकोलगायत आरोपमा प्रमुख प्रशासकीय अधिकृतसहित पाँचै जनालाई जनही २ लाख ६१ हजार ८ सय ५५ रुपैया बिगो, बिगो अनुसार जरिवाना मागदाबीसहित मुद्दा दायर गरिएको छ ।

हानीनोक्सानी भएको रकम प्रशासकीय अधिकृत नेपाल तथा इन्जिनियर चाई र सब-इन्जिनियर भुसालबाट असुल गरी राजस्वमा दाखिला गर्न मागदाबट्ठ गरिएको छ ।

प्रकाशित : असार १४, २०७९ १६:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?