कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

एकीकृत समाजवादीको मन्त्री फेर्ने निर्णय अपरिपक्व : दिनानाथ शर्मा

काठमाडौँ — नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य दिनानाथ शर्माले नेकपा (एकीकृत समाजवादी) को मन्त्री फिर्ता गर्ने निर्णय अपरिपक्व भएको टिप्पणी गरेका छन् ।

एकीकृत समाजवादीको मन्त्री फेर्ने निर्णय अपरिपक्व : दिनानाथ शर्मा

मंगलबार काठमाडौंमा भएको एक कार्यक्रममा नेता शर्माले यस्तो बताएका हुन् । उनले ४/५ महिनामा कुनै पनि मन्त्रीले कामको परिणाम दिन नसक्ने भन्दै एउटा निश्चित अवधि काम गर्न पाउने अधिकार मन्त्रीलाई दिनुपर्ने सुझाव दिए ।

पूर्वमन्त्री समेत रहेका शर्माले ३/४ महिनामा पालो पुर्‍याउनका लागि मात्रै मन्त्री बनाउने नगरेर देश र जनताको विकासका लागि काम गर्न आवश्यक रहेको बताए । यस्तै पालो पुर्‍याउनका लागि मन्त्री बनाउने संस्कृतिलाई दुरुत्साहित गर्नुपर्ने उनको भनाइ थियो ।

माओवादी केन्द्रमा भने मन्त्री हेरफेर सम्बन्धी कुनै छलफल नभएको उनले बताएका थिए । ‘अहिलेको राष्ट्रिय राजनीतिमा मन्त्रीहरू फिर्ता बोलाउने, नयाँ मन्त्री पठाउने तरंग छ । एकीकृत समाजवादीले आफ्ना केही मन्त्रीहरूलाई फिर्ता बोलाएर नयाँ मन्त्रीहरु पठाएको छ । त्यो उसको पार्टीको निर्णय हो । भरसक यस्तो नगरेको भए हुन्थ्यो । छिटोछिटो मन्त्री फेर्नु त्यति राम्रो होइन । जनताले त्यसलाई राम्रो मानेका छैनन् । मन्त्री ३/६ महिनामा पालो पुर्‍याएर चलाउने पद्दतिलाई प्रोत्साहन गर्नु हुँदैन । यसलाई निरुत्साहित गर्नुपर्छ । उसलाई राम्रोसँग एउटा कार्यकाल चलाउन दिनुपर्छ । ७ महिनामा कुनै मन्त्रीले केही परिणाम दिन सक्दैन । यसले देशको विकास गर्दैन । मन्त्रीलाई छिटो फिर्ता गर्नुले गलत परम्पराको विकास हुन्छ । हामीले के पाउने के नपाउने भन्दा पनि राज्यसत्ता कसरी सञ्चालन गर्ने भन्ने हिसावले परिपक्व निर्णय आगामी दिनमा गर्न आवश्यक छ,’ नेता शर्माले भने ।

प्रकाशित : असार १४, २०७९ १५:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?