विश्व व्यवस्थामा ठूलै परिवर्तन आउँदैछ : नेता पुन- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विश्व व्यवस्थामा ठूलै परिवर्तन आउँदैछ : नेता पुन

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा माओवादी केन्द्रका केन्द्रीय कार्यालय इन्चार्ज वर्षमान पुन अनन्तले विश्व व्यवस्थामा ठूलै परिवर्तनको संकेत देखा परेको बताएका छन् । पुनले संसारभर पुँजीवादी विश्व व्यवस्थाको विकल्प खोज्न थालिएको बताए ।

अहिले विश्व नै आर्थिक संकटको सम्भावित जोखिममा परेको तथा असमानता र विभेदको खाडल गहिरिँदै गएको भन्दै पुनले त्यसका लागि पुुँजीवादी व्यवस्था जिम्मेवार रहेको तर्क गरे । पुँजीवादको विकल्प समाजवाद भएको भन्दै उनले फेरि एकपटक संसारभर समाजवादी व्यवस्था स्थापना हुने बताए ।

‘विश्वव्यापी रुपमा विभेद र असमानता बढेको छ । यो पुँजीवादी विश्वव्यवस्थामा आएको संकट हो’, काठमाडौंमा आयोजित नेपालमा समाजवादको सम्भावना र चुनौती विषयक कार्यशालामा पुनले भने, ‘मार्क्सले भन्नुभएको थियो, पुँजीवादी व्यवस्थाको असफलताको गर्भबाटै समाजवादको जन्म हुन्छ । त्यो समय अब आएको छ ।’ पुनले संविधानमै नेपाललाई समाजवाद उन्मुख उल्लेख गरिएको भन्दै राज्यले समाजवादका आधार निर्माण गर्ने गरी काम गर्नुपर्ने बताए । समाजवादको जग बसाल्न स्वास्थ्य, शिक्षा, रोजगारी, खाद्यान्न र आवाशमा जनताको अधिकार ग्यारेन्टी हुनुपर्ने उनले बताए । संघ, प्रदेश र स्थानीय सरकारहरुले स्वास्थ्य र शिक्षा क्षेत्रमा विगतको तुलनामा लगानी बढाए पनि त्यो पर्याप्त नभएको उनले उल्लेख गरे । केही प्रदेश र पालिकाहरुले जनताको आधारभूत स्वास्थ्य नि:शुल्क गरेको उनले बताए । ‘हामीले संविधानमा नेपाललाई समाजवाद उन्मुख भनेका छौं’, पुनले भने, ‘त्यो भनेको शिक्षा, स्वजास्थ्य रोजगारीको ग्यारेन्टी हो ।’

स्थानीय पालिकाहरुले आधारभूत स्वास्थ्य नि:शुल्क गरेको छ । प्रदेश सरकारले पनि केही ठाउँमा गरेको छ । समाजवादलाई रणनीतिक लक्ष्य बनाएर सामाजिक सुधार गर्नुपर्छ । पुनले उत्पादक शक्तिको विकास, उत्पादन वृद्धि तथा त्यसको न्यायिक वितरणमार्फत समाजवादको आधार निर्माण गर्न सकिने विश्वास व्यक्त गरे ।

फरक प्रसंगमा पूर्वअर्थमन्त्रीसमेत रहेका पुनले नेपाली अर्थतन्त्र दबाबमा रहेको बताए । कोभिड–१९ महामारी र रुस–युक्रेन युद्धको नारात्मक प्रभावका कारण विश्वव्यापी आर्थिक मन्दीको अवस्था आउन सक्ने पुनले बताए । नेपाली अर्थतन्त्रमा मुद्रास्फिति र तरलता अभावजस्ता चुनौती देखिएको भन्दै उनले सबै मिलेर समस्या समाधान गर्नुपर्ने विचार व्यक्त गरे ।

प्रकाशित : असार १४, २०७९ ०९:२३
प्रतिक्रिया
पठाउनुहोस्

सहर पस्दै अजिंगर

संरक्षणकर्मी भन्छन्– ‘बस्तीमै अजिंगर भेटिन थाल्नु भनेको उसको बासस्थान मासिँदै जानु पनि हो’
पर्वत पोर्तेल

काँकडभिट्टा — काँकडभिट्टाको बर्मेली टोलका गणेश खनालको खोरबाट शुक्रबार तीनवटा लोकल कुखुरा हराए । यसअघि उनको खोरबाट कहिल्यै कुखुरा चोरी भएको थिएन । स्याल पसेर लग्यो कि, मान्छेले नै आँखा लगाए कि, उनले अड्कल काट्न सकेनन् । तर भतिज राजु खनालले एउटा भिडियो पठाइदिएपछि उनी प्रस्ट भए, कुखुरा कसरी गायब भएको रहेछ ।

झापाको काँकडभिट्टाबाट सोमबार उद्धार गरिएको १३ किलो तौल र ८ फिट लामोअजिंगर । तस्बिर : पर्वत/कान्तिपुर

भतिजले पठाएको भिडियोमा पर्खाल नाघेर झाडीतिर लम्किँदै गरेको बडेमानको अजिंगर थियो । घरछेवै अजिंगर देखेपछि हत्त न पत्त राजुले त्यसको भिडियो खिचेर सामाजिक सञ्जाल फेसबुकमा राखे र त्यसको लिंक काकालाई पठाइदिएका थिए । भिडियो हेरेपछि गणेशले निष्कर्ष निकाले– हराएका कुखुरा त अजिंगरको आहारा पो भएका रहेछन् ।

राजुले असार १० मा दिउँसो करिब ३ बजे खिचेको भिडियो सामाजिक सञ्जालमा ‘भाइरल’ हुन नपाउँदै वन र प्रहरी कार्यालयको टोली आइपुग्यो । व्यापारी प्रदीप मित्तलको वर्षौंदेखि बाँझो रहेको जमिनभित्र अजिंगर पसेको भिडियोमा देखिन्थ्यो । कपाउन्ड वालले घेरेको जग्गा वर्षौंदेखि बाँझो रहँदा बाक्लो झाडीले भरिएको थियो । त्यहीं लुकेको आशंकामा एक्स्काभेटरको प्रयोग गरेर अजिंगरको खोजी भयो तर एक घण्टासम्म खोज्दा पनि भेटिएन ।

सोमबार बिहान अचानक त्यही अजिंगर स्थानीयले सोही कम्पाउन्डभित्रै फेला पारे । प्रहरीको सहयोगमा पक्रेर डिभिजन वन कार्यालय झापाको टोलीलाई बुझाए । वन कार्यालयले उक्त अजिंगर जंगली जनावर र जीवजन्तुलाई संरक्षण गर्दै आएको मेचीनगरको बाँसबारी सामुदायिक वनलाई दियो । वन कार्यालयका रेन्जर कुलबहादुर भट्टराईका अनुसार १३ किलो तौलको अजिंगर ८ फिट लामो छ ।

गत वर्ष दमकको बसपार्क क्षेत्रमा पनि अजिंगर भेटिएको थियो । नजिकै रतुवा नदी भएकाले नदीको भेलले बगाएर ल्याएको आशंका गरियो । त्यसअघि सदरमुकाम भद्रपुरमा त लक्ष्मण प्रधानको घरमै अजिंगर फेला परेको थियो ।

अजिंगर प्रायः घना जंगल र ओसिलो (सिमसार) जमिनमा बस्न रुचाउँछ । रूखको ठूला–ठूला मुढा र सुकेका पातमा पनि लुकेर बस्छ । कहिलेकाहीँ नदी र ठूला पोखरी आसपास घाँसे मैदानमा पनि भेटिन्छ । ‘गाउँघर र वनजंगल आसपास त अजिंगर भेटिनु सामान्य नै हो,’ रेन्जर भट्टराईले भने, ‘तर, सहरबजारमा नै फेला पर्न थाल्नु अनौठो कुरा हो ।’ झापाको जलथल, चारआलीलगायतका जंगलमा अजिंगर बढी पाइन्छ । भट्टराईले अजिंगर बर्खाको भेलसँगै बग्दै आएर सुरक्षित आश्रयका लागि सहरको झाडीमा लुकेको हुन सक्ने आशंका गरे ।

स्थानीयले पनि विगतमा कहिल्यै नदेखिएका कारण अन्यत्रबाट आएर बसेको अनुमान गरेका छन् । स्थानीय गोविन्द घिमिरेले पहिला कहिल्यै नदेखिएका कारण ५–७ दिनअघि आएर झाडीमा लुकेर बसेको हुन सक्ने बताए । वन्यजन्तु संरक्षणकर्मी शंकर लुइँटेलका अनुसार अजिंगर सहरमा भेटिन थाल्नु भनेको उसको बासस्थान मासिँदै जानु पनि हो ।

प्रकाशित : असार १४, २०७९ ०९:१४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×