बजेट राष्ट्रिय सभाबाट पनि पारित 

काठमाडौँ — विनियोजन विधेयक संघीय संसद्, राष्ट्रिय सभाबाट पनि पारित भएको छ । राष्ट्रिय सभाको सोमबारको बैठकले विनियोजन विधेयक, २०७९ (बजेट)लाई बहुमतले पारित गरेको हो । 

बजेट राष्ट्रिय सभाबाट पनि पारित 

प्रतिनिधिसभाबाट पारित भएर राष्ट्रिय सभामा पुगेको विनियोजन विधेयकमा सांसदहरूले छलफल गरेका थिए । मन्त्रालयगत विनियोजनमाथि सांसदहरूले उठाएका प्रश्नको सम्बन्धित मन्त्रीहरूले जवाफ दिएपछि सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले निर्णयार्थ प्रस्तुत गरेका थिए ।

विनियोजन विधेयक निर्णयार्थ प्रस्तुत गर्ने क्रममा प्रमुख प्रतिपक्षी दल एमालेका सांसदहरूले राष्ट्रिय सभा बैठक बहिष्कार गरेका थिए । अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माण गर्ने क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लगाउँदै एमालेले संसद् बैठक बहिस्कार गरेको हो । एमालेले अर्थमन्त्री रोष्ट्रममा पुग्दा बैठक बहिस्कार गरेको हो ।

प्रतिनिधिसभाले असार २ गते विनियोजन विधेयक पारित गरेर राष्ट्रिय सभामा पठाएको थियो ।

प्रकाशित : असार १३, २०७९ १८:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?