कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

भविष्यमा समाजवाद आउँछ-आउँछ, कुनै ताकतले रोक्न सक्दैन : खनाल

काठमाडौँ — नेकपा (एकीकृत समाजवादी) का नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले पुँजीवादको इतिहास केवल ४-५ सय वर्ष पुरानो भए पनि यसको दाँत फुस्किन थालिसकेको बताएका छन् ।

भविष्यमा समाजवाद आउँछ-आउँछ, कुनै ताकतले रोक्न सक्दैन : खनाल

नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानले सोमबार आयोजना गरेको 'नेपालमा समाजवाद चुनौती र सम्भावना' विषयक अन्तरक्रिया कार्यक्रममा खनालले पुँजीवादभन्दा अगाडिको सामान्तवाद र दासप्रथा धेरै हजार वर्ष चलेपनि पुँजीवाद भने चाँडै नै बूढो भएको बताए ।

खनालले पुँजीवादको पक्षपाति महाशक्ति अमेरिकाले पुँजीवादलाई जिवित राख्नका लागि विश्वका ८० वटा देशमा ८०० वटा सैन्य क्याम्प खडा गरेर राखेको दाबी गरे । उनले अमेरिकाले जापान, दक्षिण कोरिया र खाडीमा राखेको सैन्य क्याम्पकै बलमा पुँजीवादी लोकतन्त्र कायम रहेको समेत बताए । उनका अनुसार पुँजीवादलाई बचाउनकै लागि मिलिटेरी टेक्नोलोजीमा खरबौंको लगानी भइरहेको छ र त्यसैको बलामा सबैलाई तर्साएर पुँजीवाद जिवित रहेको हो । 'त्यसैले बुढो भइसकेको पुँजीवादको धेरै लामो आयु छैन अब । र, पुँजीवादी लोकतन्त्रको पनि धेरै लामो आयु हुँदैन,' उनले भने, 'यसलाई निषेध गर्नका लागि वैज्ञानिक समाजवादको जन्म भइसक्यो ।' अहिले समाजवाद नयाँ ढंगबाट अगाडि बढेको बताउँदै चीनले त्यसको नेतृत्व लिएको उनको तर्क थियो ।

समाजवाद भनेको मिलिटेरी व्यवस्था नभएको बताउँदै खनाल ले भने, 'यो आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक र सैनिकसहितको समग्र पक्षको समष्ठिरुप हो । समाजवाद बाहेकका अन्य सबै शासन व्यवस्था वर्गीय विभेदले चलेको व्यवस्था हो । त्यसैले भविष्यमा समाजवाद आउँछ आउँछ । यसलाई कुनै ताकतले रोक्न सक्दैन ।'

प्रकाशित : असार १३, २०७९ २१:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?