नेताहरू घमण्डी हुँदा देश बनेन : नवनियुक्त मन्त्री चौधरी

काठमाडौँ — नवनियुक्त सहरी विकास मन्त्री मेटमणि चौधरीले नेताहरु घमण्डी भएकाले देश अघि बढ्न नसकेको बताएका छन् । सोमबार पद तथा गोपनीयताको शपथपछि मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री चौधरीले यस्तो बताएका हुन् ।

नेताहरू घमण्डी हुँदा देश बनेन : नवनियुक्त मन्त्री चौधरी

उनले मुलुक चलाउने मान्छे घमण्डी हुन्जेल देश अघि बढ्न नसक्ने जिकिर गरे । मन्त्री चौधरीले सबैले आफ्नो ठाउँबाट सकेजति देश विकास गर्न सहयोग गर्नुपर्ने बताए । नेताहरुले नीति बनाउँदा आफू सुरक्षित हुने किसिमबाट नीति निर्माण गरेको भन्दै इमान्दारिताको खाडल भर्न अब लाग्ने बेला भएको उनले बताए ।

‘मुलुक अघि जान नसक्नुको एउटा मात्रै कारण के हो भने हामी सबै धेरै घमण्डी भयौँ । मुलुक चलाउने मान्छे पनि घमण्डी भयौँ । कर्मचारीको बारेमा त के भनौँ र ? तर हामीले आफ्नोतर्फबाट पनि जे गर्नुपर्ने हो त्यो गरिरहेका छैनौँ । आफ्नो बचावटको लागि हामी नेताहरु नै आफू बच्नको लागि सुरक्षित नीति नियम बनाउने । आफूलाई संरक्षण गर्ने किसिमका कानून बनाउन खोज्ने, मुलुकलाई इमान्दारीपूर्वक योगदान गरौँ । कुनै पनि व्यक्तिले स्ट्रङ कमिटमेन्ट नगर्दासम्म मुलुक बन्दैन । हामीलाई अफ्ठ्यारो त छ नि, घुस खान पाउँदा पैसा हुन्छ, अरु बद्मासी गर्दा अरु होला । यो तरिकाले त मुलुक बन्दैन रहेछ नि । देश बनाउनको लागि सबैले सामूहिक रुपमा प्रतिबद्धता जनाऔं,’ उनले भने ।

मन्त्री चौधरीले देश बनाउनका लागि सुदृढ र सशक्त प्रतिबद्धता जनाउन आवश्यक रहेको भन्दै घुस खाने नभइ सामूहिक प्रतिबद्धता जनाएर काम गर्नुपर्ने बताए ।

प्रकाशित : असार १३, २०७९ १५:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?